काठमाडौं । नेपाल निर्माण ब्यबसायी महासङ्घको २३ औ साधारणसभा तथा १२ औ अधिबेशनले महासंघको अध्यक्षमा रबि सिंहलाई निर्वाचित गरेको छ ।
शुक्रवार सम्पन्न महासंघको निर्वाचनमा कूल खसेको ११८५ मतमध्ये ७६५ मत ल्याएर सिंह महासंघको अध्यक्षमा दोस्रोपटक विजयी भएका हुन् । उनका प्रतिस्पर्धी निर्माण व्यवसायी निकोलश पाण्डे र हुमनाथ कोइराला पराजित भएका छन् । पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्र प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा ई. आङदोर्जी लामाले ५६३ मत र महासचिवमा रोशन दाहाल ७१९ विजयी भएका छन् । उनीहरु सिंह प्यानलकै रहेका छन् ।

त्यस्तै एसोसिएट उपाध्यक्षमा रघुजि पन्थ (मुकेस) र अन्य उपाध्यक्षमा मोहन प्रसाद अधिकारी (प्रदेश १), शम्भु ठाकुर (मधेश प्रदेश) बालकृष्ण थापा (बाग्मती प्रदेश), खिमप्रकाश मल्ल (गण्डकी प्रदेश), टोप बहादुर रायमाझी (लुम्बिनी प्रदेश), रतन प्रसाद खड्का (कर्णाली प्रदेश) र प्रकाश बहादुर मेठी (सुदूरपश्चिम प्रदेश) निर्वाचित भएका छन् ।
त्यसैगरी महासंघको उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भएका छन् भने कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन् ।
अधिबेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
वि.सं.२०७८ फागुन ३० सोमवार ०९:५२ मा प्रकाशित






























