back
CTIZAN AD

आफ्नै तागतमा निर्वाचन जित्ने तयारी गरिरहेका छौं–अध्यक्ष प्रचण्ड

वि.सं.२०७८ फागुन ३० सोमवार

741 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो जोड आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गरिरहेको बताएका छन् ।

आज सुदूरपश्चिमको धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा सहायक रुपमा मात्रै अन्य दलसँगको तालमेल मिलाएर जाने बताएका छन् ।

उनले सहमति र समझदारीबाटै गठबन्धन अगाडि बढेको बताउँदै मुल नेतृत्वमा गठबन्धनलाई अगाडि बढाएर लैजानेमा कुनै दुबिद्या नभएको समेत बताए ।

‘कतिपय पार्टीभित्र विभिन्न टिप्पणी भए पनि मूल नेतृत्व पंक्तिमाा गठबन्धनलाई अगाडि बढाएर लैजानेमा दुविद्या छैन,’ अध्यक्ष प्रचण्डले भने,‘प्रधानमन्त्रीले केहीदिन अगाडि गठबन्धनलाई असर पार्ने गरी नबोल भनेर आफ्ना नेताहरुलाई निर्देशन जारी गर्नुभा’छ । त्यसैले पनि गठबन्धनमा कुनै अप्ठेरो तितो छैन ।’

त्यस्तै गायक प्रकाश सपुतको विवादित गीत ‘पिर’ का बारेमा अध्यक्ष प्रचण्डले आफुले सबै गीत सुन्न नपाएको बताउँदै गीतमा माओवादी आन्दोलनको एउटा पाटोको बारेमा कसैले चर्चा गर्दैमा आवेगमा आउनुपर्छ भन्ने नरहेको बताएका छन् ।

‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’ अध्यक्ष प्रचण्डले भने ।

वि.सं.२०७८ फागुन ३० सोमवार ०९:३२ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...