back
CTIZAN AD

नेपाली कांग्रेस सिन्धुपाल्चोकमा लामा र सर्लाहीको सभापतिमा सिंह विजयी

वि.सं.२०७८ फागुन ३० सोमवार

882 

shares

काठमाडौं । नेपाली कांग्रेसको सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर लामा विजयी भएका छन् ।

नेपाली कांग्रेसको आइतबार सम्पन्न जिल्ला अधिबेशनको निर्वाचनमा लामा सभापतिमा विजयी भएका हुन् ।

शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार वंशलाल तामाङ, जंग बहादुर लामा र प्रेमध्वज लामा तीनैजनाले ५१ प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो । मतदानमा जंग बहादुर लामाले संस्थापन इतरका उम्मेदवार बंशलाल तामाङलाई पराजित गर्दै जिल्ला सभापतिमा विजयी भएका हुन् ।

कूल खसेको १७८७ मत मध्ये जंगबहादुरले ९१२ मत ल्याएर विजयी भएका हुन् । शनिवारको मतदानमा पनि जंगबहादुरले नै धेरै मत प्राप्त गरेका थिए ।

उनका प्रतिश्प्रधी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका थिए । वंशलाललाई प्रेमध्वजको पनि साथ रहेको थियो । वंशलाल तामाङ इन्द्रावती गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

सर्लाहीमा सुरेन्द्र प्रसाद सिंह
त्यसैगरी कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्र प्रसाद सिंह विजयी भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा सिंहले आफ्ना प्रतिश्प्रर्धी लक्ष्मण रायलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थापन इतरका रहेका सिंहले १७५८ मत ल्याएर विजयी हुँदा रायले १३७६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपसभापतिमा डा.सरोज कुमार(राजु) १७६४ र नविन अधिकारीले १४९३ मत ल्याएर विजयी भएका छन् भने उनीहरुका प्रतिश्प्रर्धी रविनन्दन चौधरी (पप्पु) १३१४ र शेख सदुल्लाहले १४७४ मत प्राप्त गरेका थिए ।

त्यस्तै निरज कार्कीले १७२३ मत र मनोज कुमार यादवले १४२६ मत ल्याएर सचिवमा विजयी भएका छन् भने उनीहरुका प्रतिश्प्रर्धी नरेन्द्र भट्टराईले १३९९ र कुष्ण कुमार रायमाझीले १४१२ मत प्राप्त गरेका थिए ।

सहसचिवमा ईन्द्र बहादुर योन्जनले १७११ र सुनिल कुमार कुशवाहले १५७९ मत ल्याएर विजयी भएका छन् । उनीहरुका प्रतिस्प्रधि सुर्य बहादुर खड्काले १३६५ र दिनेश मिश्रले १२३७ मत प्राप्त गरेका थिए ।

वि.सं.२०७८ फागुन ३० सोमवार ०८:४७ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...