back
CTIZAN AD

जातीय विभेद हुने गरी फेसबुकमा लेखे दुई महिना कैद

वि.सं.२०७८ चैत १ मंगलवार

762 

shares

काठमाडौं । उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र रु २० जरिवाना सुनाएको छ ।

कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई उच्च अदालतले दुई महिना कैद र रु २० हजार जरिवाना हुने गरी सजाय सुनाएको हो । उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यान दिँदै न्यूनतम सजाय गर्दा न्यायको मक्सद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालत दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

पाण्डेले विसं २०७७ वैशाख २७ गते आफ्नो फेसबुक पेजमामा धनगढी उपमहानगरपालिकाका प्रमुख वडलाई लक्षित गर्दै जातीय विभेद हुने गरी लेखेको विषयमा उजुरी परेको थियो । तत्कालीन समयमा पतिराम सोवसहित चार जनाले पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए ।

सोही मुद्दामा कैलाली जिल्ला अदालतले विसं २०७७ मङ्सिर ३० गते प्रतिवादी पाण्डेलाई रु ५०० जरिवाना गराएको थियो । उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र रु २० हजार जरिवाना सहितको सजाय सुनाएको हो ।

वि.सं.२०७८ चैत १ मंगलवार १७:५८ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...