back
CTIZAN AD

चराहरूको चिरबिर सुनिने गरी सुनसान बन्याे कीभ

वि.सं.२०७८ चैत २ बुधवार

747 

shares

काठमाडाैं । रूसले यूक्रेनकाे राजधानी कीभ कब्जाकाे अन्तिम तयारी गरिरहेकाे छ । जसका लागि उसले चाैतर्फी घेराबन्दी गर्दै आक्रमण जारी राखेकाे छ । नागरिकलाई कीभ छाड्न भनेकाे रूसले आवासीय भवनमा समेत आक्रमण गर्न थालेकाे छ ।

बीबीसीका युक्रेन सम्वाददाता जेम्स वाटरहाउसका अनुसार किभ बुधबार चराहरूको चिरबिर सुनिने गरी सुनसान बनेकाे छ । तर, सहरको उत्तर-पश्चिमी क्षेत्रमा केही दिनदेखि निरन्तर सुनिँदै आएको बम आक्रमणको आवाज आज पनि उस्तै रहेकाे उनले बताएका छन् ।

रुसी फौज उक्त क्षेत्रबाट किएभको भित्री क्षेत्रतर्फ अघि बढ्न खोजिरहेको आकंलन गरिएको छ। रूसले बिहानै सिभचेन्को जिल्लाको १२ तल्ले आवासीय घरमा हमला गरेकाे थियाे ।

मंगलबार बिहान सहरमा गुड्दा सिधा क्षेप्यास्त्र प्रहारबाट वा आकाशमा क्षेप्यास्त्र नष्ट गरिँदा सहरमा क्षति पुगेको देखिएको थियाे । समाचार एजेन्सीका अनुसार मेट्रो स्टेसनमा बम हानिएको, अग्ला घरहरूको अग्र भाग विस्फोटमा परेको र झ्यालहरू धुजाधुजा भएको देखिन्छ।

आगामी दुई दिन अझै भीषण लडाइँ हुने अनुमान गरिएको छ र मानिसहरू प्रतिरक्षाका लागि जम्मा भएर बसेका छन्। अझैसम्म थोरै युक्रेनी सहरहरू मात्रै रुसी नियन्त्रणमा पुगेका छन्।

वि.सं.२०७८ चैत २ बुधवार १६:१४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...