back

एनआरएनए कतिफ-तारूत स्थानिय समिति अध्यक्षमा दुर्गा

वि.सं.२०७३ चैत २ बुधवार

402 

shares
GLOBAL IME AD
NTC AD

nrna-saudi-kshetriya-samiti

साउदी । साउदीको कतिफ सहर स्थित एक हलमा एनआरएनए कतिफ-तारूत स्थानिय समन्वय समितिको अधिबेशन मार्च १० मा सम्पन्न भएको छ । उक्त अधिबेशनबाट दुर्गा बहादुर काउचाको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित भएका छन् ।

उक्त अधिबेशनबाट निर्वाचित भएकाहरुमा उपाध्यक्षमा रिसिराम घिमिरे, सचिव अनिल रेग्मी, सह-सचिव नेत्र रिजाल, कोषाध्यक्षमा शिव परियार, सह कोषाध्यक्ष मन्तोश घले चयन भएको हाे । त्यस्तै सदस्यहरुमा श्याम कुमार रार्इ, कृष्ण प्रसाद सापकोटा, सुर्य तामाङ चयन गरिएको थियो ।

एनसिसि केन्द्रिय सदस्य दिपक शाहीद्वारा संचालित कार्यक्रममा एनसिसि साउदी अरबका अध्यक्ष नाराणय पासवान प्रमखु अतिथि, एनआरएनए साउदीका संस्थापक तथा आइसिसि पुर्व मध्यपुर्व सहसंयोजक राजु सैयद तथा आइसिसि एफइएफडब्लुडब्लुसी (FEMWWC) संयोजक धरम के. सी.बिशेष अतिथिमा उपस्थित थियो ।
कार्यक्रममा एनसिसि साउदिका उपाध्य डमरकुमार यादव, महासचिव तेजबहादुर थापा, युवा संयोजक मो. जैनुल अव्दिन, केन्द्रिय सदस्य उमेश भट्टराइ, भुतपुर्व केन्द्रिय सदस्य चन्द्रप्रकाश भन्डारी, आरसिसि पुर्वी क्षेत्रिय अध्यक्ष चन्द्र मणि भन्डारी, उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव अन्जनि कुमार अधिकारी, सहकोषाध्यक्ष सन्जिब सुनार, सदस्य चन्द्र बुढा, पुर्व दसस्य श्री यावा लिम्बु, एलसिसि दम्ममाका अध्यक्ष लोकेन्द्र लिम्बु, एलसिसि जुबेलका अध्यक्ष ओम फुयाल, सल्लाहकार रामकृष्ण घिमिरे लगायत कतिफ-तारूतमा कृयासिल एनआरएनए कर्मीहरूको उपस्थित रहेको थियो ।

आरसिसि पुर्वी क्षेत्रिय अध्यक्ष चन्द्रमणि भन्डारिको सभापतित्व रहेको कार्यक्रम राष्ट्रिय गानको सुमधुर धुनबाट सुरूवात भएको थियो । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष शिव परियारले स्वागत मन्तव्य दिनुभएको थियो ।

अधिबेशन संयोजक तथा आरिसिसि सदस्य चन्द्र बुढाद्वारा निबर्तमान कार्य समितिको बिगठनसँगै सर्व सहमतिमा नयाँ कार्य समितिको घोषणा गर्नु भएको थियो । सपथ ग्रहण कार्यक्रम पश्चात नबनिर्वाचित एलसिसि कतिफ-तारूतका अध्यक्ष दुर्गा बहादुर काउचाले आफ्नो भावि कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।

नव निर्वाचित पदाधिकारिहरूलाइ बधार्इ तथा शुभकामना दिदै एलसिसि अलखोवरका पंजिकृत सदस्य गणेश के. सी. ले गीतको भाकामा एनआरनएको बारेमा सिर्जना सुनाएको थियो । अतिथिहरूले नयाँ कार्यसमितिलार्इ शुभकामना साथमा बधार्इ दिएकाे थियो ।

कार्यक्रमको अन्त्यमा संघको बिभिन्न तह र समितिहरू क्रमशः आइसिसि, एनसिसि, आरसिसि तथा एलसिसि पदाधिकारीहरू बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको थियो । कार्यक्रममा एलसिसि दम्मामका अध्यक्ष लोकेन्द्र लिम्बु, भुतपुर्व एनसिसि सदस्य चन्द्र प्रकाश भन्डारी लगायतकाले आ-आफ्नो जिज्ञासा राख्नु भएको थियो भने एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजक, एनआरएनए आइसिसि मध्यपुर्व भुतपुर्व सहसंयोजक, एनसिसि साउदीका अध्यक्ष तथा एनसिसि साउदीका पदाधिकारीहरूले जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

वि.सं.२०७३ चैत २ बुधवार १२:२१ मा प्रकाशित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...