back
CTIZAN AD

वार्षिकोत्सवको अवसरमा सिटिजन्स् बैंकले ल्यायो छुटै-छुटको योजना

वि.सं.२०७८ चैत ४ शुक्रवार

702 

shares

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ ।

वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस (पीओएस) मेसिन र अनलाइनमार्फत १ हजार रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी पहिलो पटक क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागि १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेछ । डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभर यो कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ ।

५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूका लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशभर हालसम्म १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको दाबी गरेको छ ।

वि.सं.२०७८ चैत ४ शुक्रवार ०८:२५ मा प्रकाशित

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...