back
CTIZAN AD

जीवन बीमा कम्पनीहरुले सेयरबजारमा गरेको लगानी ठूलो मात्रामा घटाए

वि.सं.२०७८ चैत ४ शुक्रवार

702 

shares

काठमाडौं । जीवन बीमा कम्पनीहरुले सेयर बजारमा गर्दै आएका लगानी ठुलो मात्रामा कटौती गरेका छन् ।

चालु आवमा बीमाको क्षेत्रमा व्यवसाय गर्दै आएका कम्पनीहरुले सेयरको क्षेत्रमा भएको लगानीलाई क्रमशः घटाउँदै लगेका हुन् ।

कम्पनीहरुले चालु आवको पहिलो पहिलो त्रैमासको तुलनामा दोश्रो त्रैमासमा ४५.८५ प्रतिशतले सेयर लगानी घटाएका छन् ।

कम्पनीहरुले चालु आवको पहिलो त्रैमास अवधिमा १५ अर्ब ६९ करोड रुपैयाँ बराबर सेयरमा लगानी गरेका थिए ।

त्यस्तै चालु आवको दोस्रो त्रैमासिक अवधिमा भने कम्पनीहरुले सेयर क्षेत्रमा भएको लगानीलाई कटौती गरेर जम्मा ८ अर्ब ४९ करोड ७८ लाख रुपैयाँमा मात्रै लगानी गरेका छन् । सेयर बजारमा पहिलो त्रैमास अवधिको तुलनामा कम्पनीहरुको लगानी ७ अर्ब १९ करोड रुपैयाँले घट्न पुगेको छ ।

मुलुकमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले सेयर बजारमा लगानी गर्दै आएका छन् भने मेट लाइफ एलिकोले भने हालसम्म नेपाली सेयर बजारमा लगानी गरेको छैन । सेयर बजारमा लगानी गरेका १८ कम्पनीमध्ये चालु आवको दोस्रो त्रैमासमा १३ कम्पनीको घटेको छ भने ३ कम्पनीको बढ्न पुगेको छ ।

त्यस्तै दुई कम्पनीले भने दुबै त्रैमासमा बराबर लगानी गर्न पुगेका छन् । गुराँस लाइफ इन्स्योरेन्सले दोश्रो त्रैमासमा ९७.७४, ज्योति लाइफ इन्स्योरेन्सले पनि ९६.२९ र नेपाल लाइफले ३१.२६ प्रतिशत लगानी घटाएका छन् । तर समीक्षा अवधिमा आइएमई लाइफ, यूनियन लाइफ र प्रभु लाइफ लगानी बढाएको पाइएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भने चालु आवको दोश्रो त्रैमासदेखि मात्रै सेयर बजारमा प्रवेश गरेको छ ।

बीमा कम्पनीहरुले कस्तो क्षेत्रमा लगानी गर्न सक्छन् ?
‘बीमकको लगानी निर्देशिका, २०७५’ मा बीमा कम्पनीहरुले घरजग्गा, सेयर बजार लगायत विभिन्न क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था रहेको छ । जसको लागि लगानी सीमासहित लगानीको शर्त पनि तोकिएको छ ।

जीवन बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न सक्छन् । तर त्यसरी सेयरमा लगानी गर्दा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ । जीवन बीमा कम्पनीहरुले कूल टेक्निकल रिजर्भको दश प्रतिशतसम्म लगानी गर्न सक्छन् । तर सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न भने नपाइने व्यवस्था रहेको छ ।

त्यस्तै कम्पनीहरुले साधारण सेयरमा मात्रै नभई नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा समेत लगानी गर्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा लगानी गर्दा कम्पनीहरुले बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । तर त्यसरी बैंक तथा वित्तीय क्षेत्रमा लगानी गर्दा लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुन नपाइने व्यवस्था गरिएको छ । जीवन बीमा कम्पनीहरुले विनिमय बजारमा सूचीकृत कम्पनीको सुरक्षित डिबेन्चर, नागरिक लगानी कोष तथा म्युचुअल फण्डको लगानी योजनाहरुमा पनि लगानी गर्न सकिने व्यवस्था रहेको छ ।

वि.सं.२०७८ चैत ४ शुक्रवार ०८:२२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...