back
CTIZAN AD

काठमाडौंको मेयरमा डा. बाबुरामको चर्चा : हल्ला कि वास्तविकता ?

वि.सं.२०७८ चैत ६ आइतवार

1K 

shares

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई (बाराभ) ले प्रधानमन्त्री भएको व्यक्ति मेयर बन्न पनि हुन्छ भन्ने अभिव्यक्ति सार्वजनिक गरेसँगै सो सम्बन्धमा लाखौं संजाल प्रयोगकर्ताहरुले चासो बढाएका छन् ।

सार्वजनिक संजालमा रुची, दख्खल र लगाव राख्ने डा. भट्टराई प्रतिक्रियामैत्री नेता पनि हुन् । उनले स्थानीय निर्वाचनको संघारमा यस्तो अभिव्यक्त सार्वजनिक गर्नुलाई सामान्य रुपमा लिन नमिल्ने बताइएको छ ।

लामो समय माओवादी आन्दोलनमा लागेर प्रचण्डपछिको दोस्रो बरियतामा पुगेका नेता डा. भट्टराई माओवादी पार्टीमा पहिलो बन्न नपाइने महसुस गर्दै बैकल्पिक राजनीतिमा लागेका नेता पनि ह्ुन् । राजधानी काठमाडौंको तीव्र विकास चाहाने ‘संझना’ को ट्विटको जवाफ दिँदै डा. भट्टराईले केही सार्थक काम गर्न मन छ भने मेयर बनेर पनि गर्न सकिने बताएका हुन् ।

‘बाबुराम भट्टराई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होला ? कहिलेकाँही म सडक हिँड्दा बाबुरामलाई सम्झन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो ? प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुराम जस्ता आँट भएको मान्छे नआइ बन्दै बन्दैन !’ भन्ने सम्झनाको ट्विटलाई जवाफ दिँदै डा. भट्टराईले भनेका छन्–‘प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ ! फ्रान्सका पूर्व प्रमEdouard Philippe अहिले त्यहाँकोLe Havre  नगरका मेयर छन् । म सधैं साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख ÷मेयर बन्नोस् ! कसैले सुने पो ! हाम्रो संस्कार जो छ !’

पूर्वप्रधानमन्त्री डा.भट्टराईको यो जवाफ सार्वजनिक भएसँगै उनका बारेमा सयौं टिप्पणी गरिएका छन् । टिप्पणी हेर्दा यस्तो देखिन्छ की उनी काठमाडौं महानगरपालिकाको मेयरमा उठे भने अत्यधिक मत पाउनेछन् । बर्तमान मेयरको कार्य सम्पादन र परिणामप्रतिको असन्तुष्टिले वामपन्थी पार्टीहरुबाट पनि लोभलाग्दो उममेदवार नभएको तथा नेपाली कांग्रेसमा पनि त्यस्तो छनकको नेतृत्व देखा नपरेका बेला डा भट्टराईको यो अभिव्यक्ति सार्वजनिक हुनुले प्रश्न उठेका छन् । केही न केही नयाँ वेभ सृजना गर्न मन पराउने डा. भट्टराईलाई केही वर्ष यता नातिसँग लुटपुटिएको, खेलेको र अरुलाई जिस्क्याएको समेत प्रतिक्रिया आउने गरेका थिए ।

स्थानीयतहको चुनाव आउन ५३ दिन बाँकी रहेको बेला बाबुरामले यस्तो बोल्नु सैद्धान्तिक विषय मात्र की व्यवहारिक पनि भनेर प्रश्न उठेका छन् । यतिबेला कुनै पनि ठालु नेताहरुको संसदीय निर्वाचनमा पूर्ण सुरक्षित ठाउ र सुनिश्चितता नभएको अवस्थामा डा. भट्टराइले यस्तो बोल्नुलाई अस्वभाविक नमान्नेहरु पनि छन् । गोर्खाबाट कांग्रेसको सहयोगमा निर्वाचन जितेर आएका डा. भट्टराईसँग कांग्रेसले अबको गठबन्धन गर्ने\नगर्ने कुनै टुंगो छैन, त्यसमाथि नारायणकाजीले त्यहाँ आफ्नो सम्बन्ध बलियो बनाएकै छन् भने गोर्खाबाटै प्रचण्ड चुनाव लड्ने हल्ला बढेर गएको छ ।
‘प्रचण्डसँग कति दोस्रो भएर बस्नु ?’ भन्दै आवेगमा पार्टी खोलेका डा भट्टराईले अहिले उपेन्द्र र अशोक राईको पार्टीमा सन्तुष्ट हुने ठाउँ पनि छैन । डा भट्टराईलाई अन्तरमन देखि काठमाडौंको मेयर भएर व्यवहारमा देखाइदिउ भन्ने जाँगर जागेको पनि हुनसक्छ । यदि त्यसो हो भने उनले सकेसक्क निर्विरोधको वातावरण नमिले लोकतान्त्रिक अभ्यासका लागि चुनावी मैदानमा उत्रिएर अत्यधिक बहुमतका साथ जित्ने स्थिति पनि रहन सक्छ ।

उनले आफ्नो अन्तरमनको विकास मोडल काठमाडौंमा देखाउनै चाहेका हुन भने उनलाई समर्थन नर्गनुपर्ने कुनै कारण नै छैन । उनको पनि उमेर घर्कदो छ । अहिले पार्टीको समिकरणमा प्रधानमन्त्री भएर आइहाल्ने स्थिति पनि तत्काल छैन । तसर्थ बुढेशकालको युवा जाँगरमा उनले काठमाडौंको मेयर रोजेका हुन् भन्ने खुरुक्क समर्थन गरौं । केही तरक्की देखिन्छ की उनबाट ! यो हल्ला वास्तविकता नै बनोस् ।

वि.सं.२०७८ चैत ६ आइतवार १०:०९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...