back
CTIZAN AD

प्रचण्ड भन्छन् – गठबन्धन होइन आफ्नै संगठनलाई बलियो पार्ने हो

वि.सं.२०७८ चैत ६ आइतवार

795 

shares

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले चुनावमा गठबन्धनभन्दा माओवादीको प्राथमिकता आफ्नै संगठबन बनाउने रहेको बताए ।

“निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ”, प्रचण्डले भने, “हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो, आफ्नै संगठनलाई बलियो पार्ने हो ।”

उनले जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै त्यसैलाई लिएर चुनावमा जाने बताए । चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताए ।

एमालेसँग गठबन्धन हुने कुरा नरहेको प्रचण्डले स्पष्ट पारे । कांग्रेसका केही नेताको अभिव्यक्तिलाई संकेत गर्दै एमालेसँगको विषय उठाएको उनले स्पष्ट पारे ।

“कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो, त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ”, प्रचण्डले भने, “तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन । यही गठबन्धन कायम रहन्छ ।”

प्रचण्डले चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधा नपाल्न पनि नेता तथा कार्यकर्ता पंक्तिमा आग्रह गरेका छन् । उनले तोकिएकै समयमा चुनाव हुने भन्दै चुनावी तयारीमा जुट्न आग्रह गरे ।

वि.सं.२०७८ चैत ६ आइतवार ११:५३ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...