back
CTIZAN AD

दिपायलबाट सुरु हुँदै ‘भूपू सैनिक सम्मेलन’

वि.सं.२०७८ चैत ६ आइतवार

660 

shares

नारायण न्यौपाने, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ ।

सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति शर्माले दिपायलस्थित ५ नम्बर बाहिनी अड्डामा उद्घाटन गर्नेछन् ।

धनगढीस्थित भवानी दल गणमा चैत १०, सुर्खेतस्थित पश्चिम कमाण्ड चैत २० र चैत २१ गते नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलन क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयत दरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण हुनेछ । लघुवित्तका सर्वाेत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार, ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्वीलचियर प्रदान गरिने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ ।

सेनाका बहालवाला, भूतपूर्वसैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ । सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेको पाइन्छ । मुलुकमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० बाट पुनः आरम्भ गरिएको थियो ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूसैनिक र परिवारिक निवृत्तिभरणमा रहेका आश्रित एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । सम्मेलनका क्रममा प्रस्तुत हुने त्यस क्षेत्रको संस्कृति झल्कने नाचगानसहितको झाँकीले सबै दुःखकष्ट अन्त्य गरी भूपूसैनिक र उनका परिवार फुरुङ्ग हुने गर्छन् ।

सेनासँगको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैकले सामाजिक उत्तरदायित्वअन्तर्गत लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा भूपूसैनिकलाई कर्जा उपलब्ध गराउँदै आएको छ । भूपूको जीवनस्तरमा सुधार ल्याउन सेनाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई लघुवित्तलगायतका विभिन्न कार्यक्रम अघि सारेको छ ।

नेपाली सेनाले भूकम्पबाट घर भत्केर अप्ठ्यारोमा परेका भूपूलाई घर बनाउनेलगायतका राहतका लागि ठूलो रकम खर्चिसकेको छ । जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपूसैनिकले सम्मेलनलाई सहकर्मी पल्टनीयाबीच भेटघाट, सुखदुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

भूपूसैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिने उद्देश्यले पश्चिम कमाण्ड मातहतका १९ जिल्लामा बसोबास गर्ने आठ हजार १५१ हिताधिकारीलाई लक्षित गरी यसपटकको सम्मेलन आयोजना गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए । सम्मेलनलाई हिताधिकारीको सेवासुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रूपमा सेनाले लिने गरिएको छ ।

सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपूसैनिकको समाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन कोसिस गरिरहेको छ । ‘बहुजन हितायः बहुजन सुखाय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीका लागि स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको छ ।

सम्मेलनको मुख्य उद्देश्य हिताधिकारीलाई कल्याणकारी कार्यबारे जानकारी दिने, गुनासा सुन्ने, अन्तक्र्रिया गरी राय–सुझाव सङ्कलन गर्ने र शिविरमार्फत स्वास्थ्योपचार सेवा उपलब्ध गराउनु हो । बढदो महङ्गीको मारमा नपरुन् भन्ने हेतुले सेनाले कोषमार्फत बहालवाला र अवकाशप्राप्तलाई सुपथमूल्यका पसल खोल्ने कार्यलाई युनिट तहसम्म पु¥याउन अभियान नै सुरु गरिसकेको छ ।

हिताधिकारीको समाजिक प्रतिष्ठा एवं आत्मसम्मानमा जोड दिँदै आएको नेपाली सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु एवं राष्ट्रिय एकताको प्रतीकका रूपमा रहिआएको छ । रासस

 

वि.सं.२०७८ चैत ६ आइतवार १०:४१ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...