back
CTIZAN AD

कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

वि.सं.२०७८ चैत ६ आइतवार

774 

shares

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ ।

होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको छ । होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो । छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुङ्गा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तनावग्रस्त भीडलाई तितरवितर पार्न प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए । विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन् । झडपमा आक्रोशित विद्यार्थीहरूले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।

विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो । झडपमा एक दर्जन सशस्त्र प्रहरी घाइते भएका छन् । उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबीच छलफल गराई समस्या समाधान गरिएको छ । रासस

वि.सं.२०७८ चैत ६ आइतवार २०:१२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...