back
CTIZAN AD

सुन तस्करीको नयाँ स्वरुपः खसीको पेटमा २८ करोडको सुन !

वि.सं.२०७८ चैत ७ सोमवार

1.1K 

shares

काठमाडौं । सुन तस्करीको ट्रान्जिट बन्दै गएको नेपालमा पछिल्लो पटक तस्करहरुले सुन ल्याउन नयाँ नयाँ उपाय अपनाएको देखिन्छ ।

यसअघि साउदी, कतार, युएई, मलेसिया लगायतका देशबाट सुनका विभिन्न गहना बनाएर ल्याउने, मलद्धारभित्र लुकाएर ल्याउनेलगायतका विभिन्न उपाय अपनाएर ल्याउने गरिएको छ ।

तर अब सुन तस्करले जनावरलाई पनि प्रयोग गर्न थालेको समाचार सोमबारको आर्थिक राष्ट्रिय दैनिकमा रहेको छ । उक्त समाचार अनुसार चीनबाट मनाङको नाका हुँदै ल्याइएका खसीलाई सुन बोकाइएको पाइएको छ ।

गत माघको दोस्रो साता प्रहरीले शंकाको आधारमा काठमाडौं भित्रदै गरेका १३ वटा खसी र खसी ल्याउने व्यक्ति तथा त्यस क्षेत्रमा कार्यरत भन्सारका केही कर्मचारीलाई समेत अघोषित नियन्त्रणमा लिएर निगरानीमा राख्यो । त्यस लगत्तै ती १३ वटा खसीहरु काटेर हेर्दा खसीको पेटमा ३८ देखि ४२ वटा टुक्रा सम्मका झण्डै २८ करोड मूल्यको सुन फेला परेको थियो ।

तस्करले सुनको डल्लालाई टुक्रा पारेर खोलेजस्तो चिप्लो पदार्थमा मिसाएर खसीलाई खुवाएर ल्याइएको अनुसन्धानमा पत्ता लागेको छ ।
तस्करहरुले चिनियाँ सीमाबाट सुन नेपाल ल्याउउने र त्यसलाई टुक्रा टुक्रा पारेर खसीलाई खुवाएर खसी बेच्ने बहानामा सुन तस्करी गरेको अनुसन्धानमा खुलेको छ ।

वि.सं.२०७८ चैत ७ सोमवार ०९:५३ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...