back
CTIZAN AD

शेखर कोइराला भन्छन् – ०७४ मा जस्तै एमाले र माओवादी मिल्न सक्छन्

वि.सं.२०७८ चैत ८ मंगलवार

720 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले २०७४ सालमा जस्तै एमाले र माओवादी केन्द्र एक हुनसक्ने सम्भावना रहेको बताएका छन् । मंगलबार कोइराला निवासमा आयोजित चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा बोल्दै यस्तो सम्भावनाबारे बोलेका हुन् ।

“अहिले मेरो देशभरिका कार्यकर्ता साथीहरूसँग कुराकानी भइरहेको छ, सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ”, कोइरालाले भने, “तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ ।”

वामपन्थीहरु मिले ०७४ कै हालतमा कांग्रेस पुग्ने चिन्ता उनको छ । कोइरालाले चुनावी गठबन्धनको विरोध गर्दै आएका छन् ।

उनले चुनावी गठबन्धन केका लागि गर्ने भन्ने प्रष्ट हुनुपर्ने बताए। “अरु पार्टीहरुलाई जिताउनका लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन हो”, उनले भने, “हाम्रो नेताहरुको सोच त्यता पनि जानुपर्ने आवश्यकता मैले देखेको छु। नेपाली कांग्रेसलाई गठबन्धनबाट फाइदा हुन्छ कि हुँदैन। भोट आउँछ कि आउँदैन ?”

कोइरालाले तल्लो तहका कार्यकर्ताको धारणा गठबन्धन बनाउन नहुने रहेको बताए । उनले भने, “कार्यकर्ता तहमा हामीहरु गठबन्धन गरेर जानु हुँदैन भन्ने छ। गठबन्धनले नेपाली कांग्रेसलाई फाइदा गर्दैन भन्ने छ ।”

वि.सं.२०७८ चैत ८ मंगलवार १७:५२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...