काठमाडौं । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा आवेदन दिन आव्हान गरेको छ।
आयोगले जारी गरेको सूचना अनुसार तहविहीन वन रक्षक पदका लागि १६७ जनाको माग गरेको हो ।
आयोगले वन रक्षक जनरल फरेष्ट्री पदमा खुला तर्फबाट ९२, महिला तर्फबाट २५, आदिवासी जनजाति तर्फ २०, मधेशीतर्फ १६, दलित तर्फ ७, अपाङतर्फ ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ जनाको माग गरेको हो ।
इच्कुछ नागरिकले आयोगको अनलाइनमार्फत् दरखास्त दिन सक्नेछन् भने भौतिक उपस्थितिमा लिइने परीक्षामा शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित र अन्तवार्ता लिइनेछ ।

वि.सं.२०७८ चैत ९ बुधवार ०९:१६ मा प्रकाशित






























