back

नेप्से दोहोरो अकंको गिरावट, २ कम्पनीको सेयर मूल्यमा भने लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ चैत ९ बुधवार

711 

shares

९ चैत, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार (नेप्से) २० दशमलब ३४ अकंले घटेर २६३० दशमलब ३६ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब २२ अकंले घटेर ४९५ दशमलब ११ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२६ कम्पनीको २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैंया बराबरको ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा २९ हजार ६७८ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक, जिवन विकास लघुवित्त, अरुण भ्याली हाईड्रोपावर, नेपाल टेलिकम, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाईड्रोपावर, अपी पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्सेमा दोहोरो अकंको गिरावट आउदाँ पनि २ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ चैत ९ बुधवार १५:१२ मा प्रकाशित

Himalayan Life AD
दोहोरो अंकले बढ्यो नेप्से, सबै सुचक हरियाली

दोहोरो अंकले बढ्यो नेप्से, सबै सुचक हरियाली

काठमाडौँ । साताको तेस्रो दिन पनिसेयर बजार बढेको छ ।...

आजदेखि एसवाई प्यानलको आईपीआ भर्न पाईने

आजदेखि एसवाई प्यानलको आईपीआ भर्न पाईने

काठमाडौँ  । आजदेखि एसवाई प्यानलको आईपीओ मंगलबारदेखि खुलेको छ ।...

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

काठमाडौँ । गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर...

शेयर कारोबार आजदेखि सुचारु हुने

शेयर कारोबार आजदेखि सुचारु हुने

काठमाडौँ । आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ ।...

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

काठमाडौँ । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण...

बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट हुँदै

बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौँ । आज बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ बाँडफाँट...