back
CTIZAN AD

दोहोरो अंकले बढ्यो नेप्से, सबै सुचक हरियाली

वि.सं.२०८२ असोज ७ मंगलवार

1.2K 

shares

काठमाडौँ । साताको तेस्रो दिन पनिसेयर बजार बढेको छ । आज नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा कायम भएको हो ।

आज १ करोड १३ लाख सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड बराबरको रकम कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकममा भने गिरावट आएको छ । आज २३८ वटा कम्पननीको सेयर मूल्य बढेको छ भने १४ वटाको मूल्य भने घटेको छ ।

त्यस्तै आज सबै उपसूचक पनि बढेको छ । बैँकिङ समूह १.३८, विकास बैंक २.९५, वित्त समूह २.१२, होटल समूह २.७८, जलविद्युत समूह ३.३०, लगानी समूह १.६६, जीवन बीमा २.३१, उत्पादन समूह १.१२, लघुवित्त २.५४, सामुहिक लगानी कोष ०.६३ निर्जीवन बीमा ३.४८ , अन्य समूह २.५१ र व्यापार समूह १.८३ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी बढ्ने सुचकमा निर्जीवन बीमा रहेको छ ।

आज सप्तकोशी विकास बैंक र जोशी हाईड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन विकस बैंक,नारायणी विकास बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी र एशीयन हाईड्रोपावरका मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज प्रभु स्मार्ट फण्डको मूल्य सबैभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन यूनिभर्सल पावर कम्पनीको करिब साढे १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम १८ करोड नाघेको छ।

वि.सं.२०८२ असोज ७ मंगलवार १५:२९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...