back
CTIZAN AD

पुटिनकी गोप्य गर्लफ्रेन्ड स्विट्जरल्याण्डमा, हजारौं मानिसहरुले दिए अनलाइनमार्फत निष्कासनको निवेदन

वि.सं.२०७८ चैत ९ बुधवार

909 

shares

काठमाडौं । रुस–युक्रेन युद्धको बीचमा रुसी राष्ट्रपति पुटिनकी गोप्य प्रेमिकाको बारेमा अनौठो पार्ने खबर बाहिर आएको छ । पुटिनकी प्रेमिका र पूर्व जिमनास्ट एलिना काबाएवा स्विट्जरल्याण्डमा लुकेको दाबी गरिएको छ। रसिया, युक्रेन र बेलारुसका मानिसहरूले एलिनालाई स्विट्जरल्याण्डबाट निष्कासनको माग गर्दै अनलाइनमार्फत निवेदन सुरु गरेका छन्।

दाबी गरिएअनुसार, एलिना आफ्ना तीन बच्चाहरुसँग एक विलासी भिल्लामा छिन् । उनलाई स्वीसबाट निष्कासन गर्न माग गर्दै अहिलेसम्म ५० हजारभन्दा बढीले निवेदन गरेका छन् ।

एलिना ३८ वर्षकी भइन् र उनी ओलम्पिक स्वर्ण पदक विजेता हुन् । एलिना रुसमा सबैभन्दा लचिलो महिलाको रूपमा चिनिन्छिन्। उनी पुटिनको युनाइटेड रसिया पार्टीबाट पनि सांसद थिइन् ।

अन्तिम पटक डिसेम्बर २०२१ मा देखियो

निवेदनमा भनिएको छ कि युद्धको बावजुद स्विट्जरल्याण्डले पुटिन सरकारलाई सहयोग गरिरहेको छ । युक्रेनमा युद्ध भइरहेका बेला एलिनालाई स्विजरल्याण्ड पठाइएको खबर आएपछि यो निवेदन आएको हो । एलिना ७ वर्षभन्दा बढी समयदेखि रुसी सरकार समर्थित नेशनल मिडिया ग्रुपको बोर्ड अफ डाइरेक्टर्सको अध्यक्ष पनि थिइन् । डेली मेलका अनुसार उनले हरेक वर्ष करिब ८ मिलियन युरो तलब पनि पाइरहेका छन् ।

एलिना सार्वजनिक स्थलमा कमै देखिने गर्छिन् । उनी अन्तिम पटक डिसेम्बर २०२१ मा मस्कोमा भएको डिभाइन ग्रेस रिदमिक जिम्न्यास्टिक प्रतियोगितामा नाच्दै थिइन्। उनले २००४ ओलम्पिकमा रिदमिक जिमनास्टमा स्वर्ण पदक जितिन्। द गार्डियन जस्ता धेरै पत्रिकाले एलिना पुटिनकी प्रेमिका भएको दाबी गरेका छन् । तर, पुटिनले यो कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् ।

Who is Alina Kabaeva? Meet Vladimir Putin's Rumored Girlfriend - The Teal  Mango

एलिनासँग निकटताको चर्चा

पुटिन र छोराछोरीसँग एलिनाको निकटताका समाचारहरू अक्सर मिडियामा आउँछन्। एलिना एक रूसी राजनीतिज्ञ, मिडिया प्रबन्धक र सेवानिवृत्त रिदमिक जिमनास्ट हुन्। एलिना आफ्नो समयको सबैभन्दा सफल जिमनास्ट मध्ये एक मानिन्छिन्। उनले आफ्नो करियरमा २ ओलम्पिक पदक, १४ विश्व च्याम्पियनसिप र २१ युरोपियन च्याम्पियनसिप पदक जितेका थिइन् ।

१८ वर्षीया एलिजाबेथ पुटिनकी गोप्य छोरी

पुटिनको धेरै महिलासँग सम्बन्ध रहेको खबर चर्चा छ । जसमध्ये स्वर्ण पदक जिम्नास्ट एलिना काबेबाको नाम पहिलो नम्बरमा आउँछ । अफवाह छ कि पुटिनको उनकी प्रेमिका एलिना काबाएवासँग तेस्रो छोरी पनि छ। यसको आधिकारिक पुष्टि भने भएको छैन । रुसी सञ्चारमाध्यमले १८ वर्षीया एलिजाबेथ क्रिभोनोगिखलाई पुटिनकी गोप्य छोरीको रूपमा वर्णन गरेको छ।

पुटिनकी गोप्य छोरीका सम्बन्धमा बेलायतको ब्राडफोर्ड विश्वविद्यालयको भिजुअल कम्प्युटिङ सेन्टरका निर्देशक प्रा.हसन उगेलले पुटिन र उनकी कथित छोरीको अनुहार यति मिल्दोजुल्दो रहेको बताएका थिए । दुई बाबु छोरी हुन् भनेर कसैले पनि नकार्न नसक्ने उनको भनाई छ । एजेन्सीबाट

वि.सं.२०७८ चैत ९ बुधवार १४:४० मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...