back
CTIZAN AD

यूक्रेनमा आणविक आक्रमण हुने संकेत, रुसको वक्तव्यले विश्वभरि मच्चायो तरंग

वि.सं.२०७८ चैत ९ बुधवार

843 

shares

काठमाडौं । रुसले आवश्यक परे युक्रेनमा आणविक हमला गर्नबाट पछि नहट्ने स्पष्ट पारेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सीएनएनलाई भनेका छन्, “यदि रूसलाई कुनै प्रकारको खतरा छ भने उसले परमाणु हतियार पनि प्रयोग गर्न सक्छ।” दिमित्रीको भनाइले अमेरिकाको भनाइलाई कतै पुष्टी गरेको देखिन्छ । रसियाले युक्रेनमा परमाणु हमला गर्न सक्ने अमेरिकाले आशंका व्यक्त गरिरहेको थियो ।

उल्लेखनीय कुरा के छ भने रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । अब यो द्वन्द्व एक महिना जाँदैछ । त्यसैले यसमा धेरै परिवर्तन भएको छ । सुरुमा, रुसले आक्रमणका लागि साना हतियार र पैदल सेना प्रयोग गर्यो। पछि उसले मिसाइललगायत ठूला हतियारको प्रयोग गर्न थाल्यो । रुसले युद्धमा हाइपरसोनिक मिसाइल र हवाई आक्रमणको प्रयोग गरेको छ । यस्तो अवस्थामा रुसको बयान निकै अर्थपूर्णं देखिन्छ ।

युद्धका कारण हालसम्म ३० लाख यूक्रेनीले यूक्रेन छाडिसकेका छन् । युक्रेनका धेरै शहरहरूमा भवनहरू भग्नावशेषमा परिणत भएका छन्। म्याक्सर टेक्नोलोजीको स्याटेलाइट तस्विरमा इरपिन सहरमा भएको विनाश देख्न सकिन्छ।

युक्रेनको अवस्थालाई लिएर राष्ट्रसंघका महासचिवले लगातार चिन्ता व्यक्त गरेका छन् । उनले भर्खरै युक्रेनको मारियुपोलबाट हजारौं मानिसले अन्य देशमा शरण लिएको बताए । रुसले यो सहरमा भारी बमबारी गरिरहेको छ ।

वि.सं.२०७८ चैत ९ बुधवार १४:०८ मा प्रकाशित

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...