back
CTIZAN AD

पुस्तक बिक्रिबाटै करोड कमाएका रुद्र शर्माको नयाँ पुस्तक प्रकाशित

वि.सं.२०७८ चैत ११ शुक्रवार

2.2K 

shares

चन्दा थापा ‘चन्द्रिका’, काठमाण्डौं । समाजसेवी, व्यवसायी तथा कोरियन भाषाविद् रुद्र शर्माले ‘पहिलो कोरियन भाषा शिक्षक’ को दोस्रो संस्करण प्रकाशित गरेका छन् ।

रुद्र शर्माद्धारा नै लेखिएको पहिलो पुस्तकको अपार सफलतापछिको वर्षौ अन्तरालमा यो पुस्तक नयाँ रुपमा पुन : प्रकाशित भएको हो ।

शुभाष रेग्मीद्धारा सम्पादित यो पुस्तकले नेपाली भाषाका माध्यमबाट कोरियन भाषा सिक्ने सिकारुहरुलाई सन्तुष्टि दिने विश्वास गरिएको छ । सन् २००२ अर्थात् झण्डै २० वर्ष अगाडि पुस्तक प्रकाशन गरेर १ करोड हाराहारी कमाएका रुद्र शर्माले सरल र सरस पुस्तकको खोजी गरेका तथा भाषा सिक्ने विषयमा सकस अनुभुति गरेकाहरुलाई ‘पुस्तक शिक्षक’ को अनुभुति दिलाएका थिए ।

शर्माको भाषा प्रशिक्षण सम्बन्धी अनुभव, बर्तमान सूचना र प्रविधिको युूग सापेक्षताको सिकाई तथा व्यवहारिकताको प्रतिक्षामा रहेका कोरियन भाषामैत्री नेपालीहरुको प्यास मेट्ने गरी पुस्तकमा सम्बोधन गरिएको छ ।

पहिलो पुस्तकको आम्दानीको ठूलो अंश पर्वतका विभिन्न स्कुल तथा पुस्तकालयमा कम्युनिटी एवं देशका अन्य ठाउँमा स्वास्थ्य र शिक्षाका सामाजिक क्षेत्रमा खर्च गरेका शर्मा एनआरएनए दक्षिण कोरियाको संस्थापक प्रमुख संरक्षक समेत हुन् । पर्वतको कुश्मा नगरपालिका ११, राम्जा चालिसेमा जन्मिएका रुद्र यतिेबला उद्यमशिलता वृद्दि अभियानमा समेत सक्रिय छन् ।

अष्ट ज अभियान मार्फत् माटो र हावापानीको व्यवसायीक प्रयोगमा जागरण फैलाउने एक व्यवहारिक अभियन्ताको पहिचान बनाएका शर्मा दक्षिण कोरियामा रहेको स्टार रेमिट, फस्ट नेपाल रेष्टुरेण्ट तथा नेपालमा रहेको इशारा रेमिट, नेपाल हाउस रेष्टुरेण्ट, नेपाल हाउस टुर्स एण्ड ट्राभल्स र नेपाल हाउस ट्रेडिङ कम्पनी प्रा.लि लगायतका व्यवसायिक कम्पनीका कार्यकारी अध्यक्ष रहेका छन् ।

२०७२ को भूकम्पको दोस्रो दिनमै कोरियाबाट पचासौं डाक्टर र उद्धारकर्मी झिकाएर स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका शर्माले होसो नेपालको अध्यक्ष, एफएनजे कोरियाको संरक्षक तथा नेपाल उद्योग परिसंघ, एनआरएनए, लायन्स क्लव, रोटरी क्लव जस्ता संस्थाका माध्यमबाट सामाजिक सेवामा उल्लेखनीय काम गर्दै आएका छन् ।

भाषाकै कारण ‘सुल्टो भन्न खोज्दा उल्टो पर्न जाने र राम्रो गरे भन्दा नराम्रो हुन जाने’ अवस्था भोगिरहेको स्थितिमा शर्माले भाषा ज्ञानको अभावमा विदेशमा रहेका नेपालीको पीडालाई थोरै भएपनि सघाउन दोस्रो संस्करण प्रकाशित भएको बताएका छन् । उनको पहिलो पुस्तक प्रकाशन भएपछि कोरियन भाषा जान्नका लागि दर्जनौं अन्य सामाग्री प्रकाशित भएपनि शर्माको यो पुस्तकमा राखिएका विषयवस्तु अतुलनीय नै छन् ।

यो पुस्तकभित्र उनले कोरियन वर्णामाला, स्वर–व्यन्जन, झुण्डिने अक्षर, आधारभूत शब्ददेखि काम गर्दा र भेटघाट गर्दा आवस्यक शब्दावलीलाई बुझिने गरी पस्केका छन् । ४९ उपशिर्षक दिइएको उनको यो पुस्तकमा २४० पृष्ठ रहेको छ भने ‘मेरो भनाई’ भन्ने प्रकाशकियमा उनले परिवार, साथीभाइ, समाज र उत्प्रेरक व्यक्तिहरुको नाम लिँदै दोस्रो संस्करणको आम्दानी पनि सामाजिक कार्यमै लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

 

वि.सं.२०७८ चैत ११ शुक्रवार १४:०० मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...