back
CTIZAN AD

११ अर्ब ४० करोड अनुदान सहयोग गर्ने

वि.सं.२०७८ चैत १३ आइतवार

657 

shares

काठमाडौं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।

यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार राजधानीमा सम्पन्न नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले रसुवागढी-तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाएका छन् ।

वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसकेका छन् । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिएका थिए ।

वि.सं.२०७८ चैत १३ आइतवार १०:५३ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट,  भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५०औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा

काठमाडौँ । आईएमई खल्ती लिमिटेड (खल्ती) ले नेपाल सरकार, अर्थ...

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...