back
CTIZAN AD

विष्णुपुकार चीनको राजदूत बन्दै

वि.सं.२०७८ चैत १५ मंगलवार

852 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीनका लागि राजदूत बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रको आमन्त्रीत स्थायी समिति सदस्य रहेका नेता श्रेष्ठ सो पार्टीको निर्वाचन आयोग प्रमुख समेत हुन् ।

करिब १ महिना अगाडि नै माओवादीको नेतृत्व तहले उनको नाम छनौट गरेपनि गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहि सातामात्रै उनको नाम दिइएको माओवादी श्रोतले बताएको छ ।

‘क. विष्णुपुकारलाई विशेष महत्वको राजकीय जिम्मेवारी दिइने’ भन्दै सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक रुपमै बोलेका थिए ।

श्रेष्ठ, तीसको दशकदेखि तत्कालीन चौथो महाधिबेशन, मशाल, एकता केन्द्र हुँदै माओवादी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पाका, अनुभवि र बौद्धिक नेता मानिन्छन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिव, जनअधिकार सरोकार अभियानका संस्थापक, शान्ति र मानव अधिकारका लागि नागरिक समाजका संसथापक हुँदै मानव अधिकारका तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) का संस्थापक अध्यक्ष समेत हुन् ।

उनको सिफारिस सार्वजनिक भएपछि चीनका लागि विष्णुपुकार छानेर माओवादीले योग्य व्यक्तिलाई सहि ठाउँ दिएको प्रतिक्रिया प्रारंभिक रुपमा आएका छन् ।

वि.सं.२०७८ चैत १५ मंगलवार ११:१३ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...