१७ चैत, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोर आईपिएलमा आफ्नो पहिलो जित हासिल गरेको छ । बेङ्गलोरले आफ्नो दोस्रो खेलमा कोलकत्ता नाईट राइडर्सलाई ३ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताको टिम १८.५ ओभरमा १२८ रन बनाएर अलआउट हुन पुगेको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा आन्द्रे रसलले सर्वाधिक २५ रन बनाएका थिए भने बेङ्गलोरका लागि वानिन्दु हसरंगाले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट हात पारेका थिए ।
कोलकत्ताले दिएको १२८ रनको सामान्य लक्ष्य बेङ्गलोरले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । बेङ्गलोरका लागि शेर्फेन रदरफोर्डले सर्वाधिक २८ रन बनाएका थिए । कोलकत्ताका लागि बलिङ्गमा टिम साउदीले सर्वाधिक ३ विकेट लिएका थिए ।
जितसँगै बेङ्गलोरले २ खेलबाट २ अकं जोडेको छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार ०८:१४ मा प्रकाशित
























