इस्लामाबाद, पाकिस्तान । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) अध्यक्ष बिलावल भुट्टो जर्दारीले राष्ट्रियसभामा बुधबार इमरान खानले ‘अहिले बहुमत गुमाएको’ बुधबार दाबी गरेका छन् । ।
प्रधानमन्त्री खानको सट्टामा विपक्षी दलका नेता शहबाज शरिफ अन्सारी चाँडै प्रधानमन्त्री बन्ने दाबी पनि उनले गरेका छन् ।
केही दिनमा पाकिस्तानी संसद् सदस्यको आवश्यक सङ्ख्याले संसद्मा पेस भएको अविश्वासको मतका लागि उहाँविरूद्ध लगेको प्रस्तावमाथि मतदान गर्ने र उहाँले प्रस्तावको विपक्षमा बहुमत मत नपाएमा पदबाट राजीनामा दिनुपर्ने दाबी भुट्टोको रहेको छ ।
सरकारविरूद्ध अविश्वासको प्रस्ताव गर्ने तयारी गर्दैगर्दा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिलावल भुट्टोले भने, “मुत्तहिदा काउमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) लाई विपक्षीसँग हात जोड्ने र अविश्वासको मतमा इमरान खानविरूद्ध मतदान गर्ने साहसी निर्णय गरेकोमा आभार प्रकट गर्दछु । अविश्वासको प्रस्ताव संसद्मा टेबुल गरी बिहीबार नै मतदान हुनुपर्ने उनले बताए ।
पीपीपी अध्यक्ष भूट्टोले थपे “इमरान खानले अहिले आफ्नो बहुमत गुमाइसकेका छन् । उनी अब प्रधानमन्त्री होइनन् । संसद् अधिवेशन भोलि हुँदैछ । आउनुहोस्, भोलि मतदान गरौँ र यो मामिला सुल्झाउनुहोस् । त्यसपछि हामी पारदर्शी चुनावमा काम गर्न थाल्न सक्छौँ र प्रजातन्त्रको पुनः स्थापनातर्फको यात्रा र त्यसपछि आर्थिक सङ्कटको अन्त्य सुरु हुन सक्छ ।”
उनले भने “पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ शहबाज शरिफ ‘छिट्टै’ देशको प्रधानमन्त्री बन्ने कुरा पनि बताए । “पीपीपी र एमक्यूएम–पीको सहकार्य सम्बन्धको अविश्वास प्रस्तावसँग कुनै सम्बन्ध छैन । कराँची र पाकिस्तानको विकासका लागि दुवै पार्टी मिलेर काम गर्नुपर्छ ।”
पीपीपी अध्यक्ष भुट्टाले भने “शहबाज शरिफले पाकिस्तानका प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन आग्रह गरिसकेका छन् । “उनको (इमरान खान) विकल्प बाँकी छैन । उनी या त राजीनामा दिन सक्छन् वा अविश्वासद्वारा बर्खास्त हुन सक्छन् ।”
सत्तारुढ पीटीआईलाई सरकारको सहयोगी एमक्यूएम–पीले इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षी दलको पक्षमा समर्थन गर्ने निर्णय गरेपछि पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई राष्ट्रियसभामा जम्मा १६१ मतका साथ पेस गरिएपछि मार्च ३१ सम्म को कार्यवाही स्थगित गरिएको थियो ।
पाकिस्तानी प्रधानमन्त्री खानले अविश्वासको मतभन्दा अगाडि सत्तारुढ गठबन्धन छाडेर हिँडेका केही सहयोगीसँग बढ्दो दबाबको सामना गर्नु परिरहेको तर पनि उनले राजीनामा नदिने सूचना मन्त्री फवाड चौधरीले बुधबार बताएका छन् ।
फवाड चौधरीले उर्दूमा ट्वीट गर्दै भनेका छन् “प्रधानमन्त्री इमरान खान अन्तिम बलसम्म भिड्ने खेलाडी हुन् । उनले राजीनामा दिने छैनन् ।” पाकिस्तानी संसद् स्रोतले अविस्वासको प्रस्तावमाथि सम्भवतः अप्रिल ३ मा मतदान हुनसक्ने बताएको छ ।एएनआई
वि.सं.२०७८ चैत १७ बिहीवार ०८:१२ मा प्रकाशित






























