काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक आज बालुवाटारमा बस्दैछ ।
आज बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठकमा स्थानीयतह निर्वाचनको तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार बैठकमा आगामी बैशाख ३० गतेदेखि सुरु हुने स्थानीयतहमा चुनावी तालमेल गर्ने विषयमा समेत छलफल हुनेछ ।
नेपाली कांग्रेसको मंगलवार सम्पन्न केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकता र अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल केन्द्रबाटै भन्दा पनि स्थानीय तहबाट गर्ने कांग्रेसले निर्णय गरेको छ ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले तीनैतहका निर्वाचनसम्म गठबन्धन सहकार्य गरेरै अगाडि बढ्ने बताउँदै आएका छन् । file photo
वि.सं.२०७८ चैत १७ बिहीवार ०८:२२ मा प्रकाशित






























