काठमाडौं । चार जिल्लाका सिडीओको सरुवा भएको छ ।
गृहमन्त्रालयका अनुसार बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा भएको हो ।
मन्त्रालयका अनुसार प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे, बर्दियामा बन्धुप्रसाद बास्तोला र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।
त्यस्तै अर्घाखाँचीका सीडीओ हरि प्रसाद घिमिरे राष्ट्रिय विपद प्राधिकरणमा, बर्दियाका सीडीओ सन्तबहादुर सुनार कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा, कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसालल गृह मन्त्रालयमा तानिएका छन् ।
वि.सं.२०७८ चैत १७ बिहीवार ०८:३२ मा प्रकाशित






























