१७ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपालले ३७ रनले जित हासिल गरेको छ ।
नेपालले दिएको २०८ रनको विशाल लक्ष्य पछाएको पपुवा न्यूगिनीको टिम २० ओभरमा १६६ रन बनाएर अलआउट हुन पुगेको थियो । पपुवा न्यूगिनीका लागि ब्याटिङ्गमा चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाएका थिए । नेपालका लागि करण केसीले घातक बलिङ्ग गर्दै ३.४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ५ विकेट हात पारेका थिए । त्यसैगरी सोमपाल केमीले २, अविनाश बोहराले २ र सन्दिप लामिछानेले १ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको थियो । नेपालका लागि ब्याटिङ्गमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रन बनाएका थिए । त्यसैगरी कुशल भुर्तेलले १७, आसिफ शेखले ३८, रोहित कुमार पौडेलले ४१, आदिल अन्सरीले ३१, करण केसीले १ र आरिफ शेखले २ रन बनाएका थिए ।
जितसँगै नेपाल यस त्रिकोणात्मक टि-२० श्रृखलाको फाइनलमा प्रवेश गरेको छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार १६:०० मा प्रकाशित



























