back
CTIZAN AD

बैंक अफ बरोडालाई दोश्रो स्वर्ण

वि.सं.२०७८ चैत १८ शुक्रवार

693 

shares

१८ चैत, काठमाडौँ । भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ ।

बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१ ले पराजित ग¥यो । यसअघि बरोडाले महिला टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । नेपाल प्रहरी क्लब र एजीए ‘बी’ ले तेश्रो स्थानमा चित्त बुझाए । प्रतियोगिताको तेश्रो दिनको समाप्तिमा ३ स्वर्णको टुंगो लाग्दा बरोडाले २ स्वर्ण हात पारेको छ । बाँकी १ स्वर्ण भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ, नेपालका राजन सुब्बाले जितेका छन् ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला सिंगल्समा एजीएका फिल्जा फतिमा काद्री, भूमिका कौशिक, त्रिशा पौल र जिया जैन, बरोडाका इशा जोशी र सेन्होरा डिसुजा तथा गाजियाबाद, भारतका अभनी त्रिपाठी र तनिशा मोलानीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङका चन्दन शाही, लागाखल, नेपालका अमिताभ शाक्य, गोड स्पिन, नेपालका मुकेश महर्जन, कीर्तिपुरका जयराम महर्जन, गोड स्पिनका रविमुनि वज्राचार्य, खोल्छ, नेपालका नवीन शाक्य, ललितपुरका निशान्त प्रधान, एनिजका रक्तचन्द्र मानन्धर, राची यमला, भारतका मनीष कुमार, गोड स्पिनका संघरत्न डंगोल, लागाखलका राजीव महर्जन, ललितपुरका निकेन प्रधान, इन्डियन मास्टरका हरि गोस्वामी, एलटीटीसी, नेपालका किरण वज्राचार्य, गोड स्पिनका राकेशभक्त मुल्मी र एपीएम, नेपालका ठाकुर थापाले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

पुरुष सिंगल्समा आर्मीका दीप साउन, एपीएफका श्यान्टु श्रेष्ठ, प्रहरीका प्रदीप रोका, इन्डियन मास्टर्सका हीरा गोस्वामी, साविक विजेता एजीएका आदर्श ओम क्षेत्री, गाजियाबादका कनभ कौसिक, भर्चुएस, भारतका सोर्नेन्दु चौधरी, एपीएफका विलोश श्रेष्ठ, आर्मीका कृष्ण थापा मगर, बरोडाका नितिन, जेकेबी, भारतका सार्थ मिश्र, प्रहरीका विनेश खनियाँ, एपीएफका रुविन महर्जन, इन्डियन मास्टरका अक्सद भाटिया र एपीएफका संयोग कपाली प्रिक्वाटरफाइनलमा प्रवेश गरे ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १०:५० मा प्रकाशित