१८ चैत, काठमाडौँ । पाकिस्तान र अष्ट्रेलिया बिचको ३ खेलको एकदिवसीयमा श्रृखलमा पाकिस्तानले दोस्रो खेलमा जित निकाल्दैँ एकदिवसीयमा श्रृखलामा १-१ ले बराबरी गरेको छ ।
दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि बेन म्याकडरमोटले सतकीय पारी खेलेका थिए । उनी १०८ बलमा १०४ रन बनाएर आउट भएका थिए । अष्ट्रेलियाका लागि बलिङ्ग तर्फ शाहिन अफ्रिदीले सर्वाधिक ४ विकेट लिएका थिए ।
अष्ट्रेलियाले दिएको ३४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इमाम(उल(हकले सतक जडेका थिए । इमाम उल हक ९७ बलमा १०६ रन बनाएर आउट भएका थिए भने बाबर आजम ८३ बलमा ११४ रन बनाएर आउट भएका थिए । त्यसैगरी फखर जमानले पनि ६७ रनको पारी खेलेका थिए । अष्ट्रेलियका लागि बलिङ्गमा एडम जाम्पाल सर्वाधिक २ विकेट लिएका थिए ।
वि.सं.२०७८ चैत १८ शुक्रवार ११:२२ मा प्रकाशित



























