back
CTIZAN AD

आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलका बीचमा सहमति हुने मन्त्री आलेको भनाई

वि.सं.२०७८ चैत १८ शुक्रवार

831 

shares

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताएका हुन् ।

मन्त्री आलेले  विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अधिग्रहणका लागि मात्र रु १६ अर्ब विनियोजन भएको जानकारी दिए ।

उनले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन र लगेज बेल्टको लागि बजेट विनियोजन गरेको बताए । उनले विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिए ।
रासस

वि.सं.२०७८ चैत १८ शुक्रवार १२:५६ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...