क्रान्तिकारीहरूको लागि चुनाव पनि हतियार
क्रान्तिकारीहरूको उद्देश्य दुश्मनलाई कमजोर बनाउने र चुनौति खडा गर्नुपर्ने हुन्छ । नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो संश्लेषणले दुश्मनलाई कमजोर बनाउछ र क्रान्तिकारी पार्टीलाई बलियो बनाउछ । संसदमा र चुनावमा दुश्मनलाई निर्विकल्प छाड्नु बुद्धिमानी हुन्छ कि दुश्मनलाई चुनौति खडा गर्नु बुद्धिमानी हुन्छ भन्ने आजको प्रश्न हो । संसदभित्रैबाट संसदको र व्यवस्थाविरूद्वको आगो बाल्नु जित्ने एउटा सही तरिका हो । पहिलो संविधानसभा पहिलो शक्ति बनेको माओवादी नेतृत्वको आत्मसमर्पणवादी चिन्तनले कमजोर बन्यो । यदि त्यसो नभएको भए वा त्यो दुर्घटनाबाट बच्न सकेको भए त्यो कार्यनीति सही थियो । हामीले दुश्मनलाई संसदभित्र पनि असुरक्षित बनाउने रणनीति बनाउनु पर्छ ।
महासचिव विप्लवको दुरदृष्टिलाई पार्टीका सबै सदस्यले बुझ्न सक्नुपर्छ । हामीले पालिकाभित्रैबाट संसदीय व्यवस्थाविरूद्वको संघर्ष किन नगर्ने ? के हामीले बहिस्कारको नीति लिँदा थवाङ र मालकोट जस्ता हाम्रा आधार क्षेत्रलाई बचाउन सक्यौं ? यो हाम्रो कमजोर कार्यनीतिको परिणाम थियो । त्यसको सट्टा ‘चुनाव उपयोग’को कार्यनीति बनाएर थवाङ र माल्कोटलाई नमुना समाजवादी गाउँ बनाउन सकेको भए क्रान्तिको जित हुन्थ्यो ।
महासचिव विप्लवको दुरदृष्टिलाई पार्टीका सबै सदस्यले बुझ्न सक्नुपर्छ । हामीले पालिकाभित्रैबाट संसदीय व्यवस्थाविरूद्वको संघर्ष किन नगर्ने ? के हामीले बहिस्कारको नीति लिँदा थवाङ र मालकोट जस्ता हाम्रा आधार क्षेत्रलाई बचाउन सक्यौं ? यो हाम्रो कमजोर कार्यनीतिको परिणाम थियो । त्यसको सट्टा ‘चुनाव उपयोग’को कार्यनीति बनाएर थवाङ र माल्कोटलाई नमुना समाजवादी गाउँ बनाउन सकेको भए क्रान्तिको जित हुन्थ्यो । आज प्रतिक्रियावादीहरूको चाहना छ कि क्रान्तिकारीहरू युद्धमा जाउन, सशस्त्र संघर्षमा जाउन, बहिस्कारमा जाउन र राष्ट्रिय रूपमा एक्लीदैं जाउन । हामीलाई एक्ल्याउनु वा अल्पमतमा पार्नुलाई उनीहरूको जित्ने सुत्र बनेको छ । हामी दुश्मनले चाहे जस्तो बन्नु हुँदैन । हामीले जान अन्जानमा दुश्मनलाई सहज बनाइदिनु हुँदैन । हामीले मूलधारको संघर्षलाई पछ्याउनु पर्छ । हामीले वैधानिक संघर्षलाई विकल्पको रूपमा खडा गर्नुपर्छ । खाली असंवैधानिक संघर्ष वा असंवैधानिक बाटा मात्र खोज्नु हुँदैन । संसदीय चुनावलाई पनि क्रान्तिको हतियार बनाउने निर्णय सबैभन्दा सही हुन्छ । चुनावमा दुश्मनलाई सुरक्षित बनाउने नीति बनाउनु दुरदर्शी हुँदैन ।
विप्लव प्रत्यक्ष युद्धको फिल्ड कमाण्डर भएको हुनाले युद्ध जित्ने उपाय वा संश्लेषणलाई सकारात्मक र उत्साहजनक ढंगले हेर्नुपर्छ । लडाईँ वा युद्धमा दुश्मनलाई कमजोर बनाउने र असुरक्षित बनाउने ढंगले सोंच्नु पर्छ । दुश्मनलाई नै सुद्धढ बनाउने कार्यनीतिले प्रतिक्रान्तिलाई बलियो बनाउँछ । क्रान्तिकारीहरूले वस्तुलाई उल्टाई पल्टाई पनि हेर्नुपर्छ, खाली एकांकी संश्लषेण गर्नु हुँदैन । मोहन वैद्य ‘किरण’को नेतृत्वमा हुँदा नै उपयोग वा प्रयोगको कार्यनीति बनाएको भए आज माओवादी आन्दोलनको मूलधार नेकपा हुने थियो र त्यो पुरानो संगठन हामीसँग हुने थियो । सचेततापूर्वक संसदीय चुनावको प्रयोग गर्ने हो भने हामीले छिट्टै यो व्यवस्थाको अन्त्य गर्न सक्छौं । यदि हामीले बहिस्कारको नीति लिएको भए हामी थप एक्लीँदै जाने थियौं । प्रयोगको नीतिले हाम्रो संगठन मजबुद हुँदै जाने छ । आजसम्मको बहिस्कार आन्दोलनको अध्ययनबाट निस्केको संश्लेषण हो कि बहिस्कार आफैं जनताबाट बहिस्कृत छ । हाम्रै परिवारभित्रसमेत बहिस्कारको प्रयोग गर्न सक्दैनौं भने बाहिर त टाढाको कुरा ।
सचेततापूर्वक संसदीय चुनावको प्रयोग गर्ने हो भने हामीले छिट्टै यो व्यवस्थाको अन्त्य गर्न सक्छौं । यदि हामीले बहिस्कारको नीति लिएको भए हामी थप एक्लीँदै जाने थियौं । प्रयोगको नीतिले हाम्रो संगठन मजबुद हुँदै जाने छ । आजसम्मको बहिस्कार आन्दोलनको अध्ययनबाट निस्केको संश्लेषण हो कि बहिस्कार आफैं जनताबाट बहिस्कृत छ । हाम्रै परिवारभित्रसमेत बहिस्कारको प्रयोग गर्न सक्दैनौं भने बाहिर त टाढाको कुरा ।
कुनै पनि संघर्षलाई त्यसले ल्याउने परिणामसँग जोडेर मूल्यांकन गर्नुपर्छ । बहिस्कारले दुश्मनलाई वा संसदवादीलाई बलियो, सुरक्षित र सुद्धढ बनाउँछ भने प्रयोगले उनीहरूलाई असुरक्षित बनाउँछ । एमसीसी विरोधी आन्दोलनमा एक जना भीम रावलको संघर्ष पनि प्रेरणादायी र उत्साहजनक बन्यो । यो तथ्यलाई क्रान्तिकारीहरूले सही ढंगले संश्लेषण गर्न सक्नुपर्छ । त्यसकारण लडाईँमा दुश्मनको मनोविज्ञान पनि बुझ्नु पर्छ । हामीले बहिस्कार गरे उनीहरू खुसी हुन्छन् । हामीलाई जेल, हिरासतमा राख्ने गिरफ्तार गर्ने अनि झुटा मुद्दा लगाउने योजना बनाएर जंगलमा बस्न बाध्य बनाउँदै उनीहरू सुरक्षित महसुस गर्छन् । त्यसकारण यो उनीहरूको बाटो हो । उनीहरूले सोंचेकै पुरानै बाटोलाई हामीले बदल्नु पर्छ । लडाईँमा बाटाहरू अदलबदल गर्नु र दुश्मनलाई झुकाउनु अनि हैरान पार्नु हाम्रो सफलता पनि हो ।
त्यसकारण चुनाव भनेको संसदवादीहरूको नियमित हतियार हो । चुनावमा पनि उनीहरूलाई बेचैन बनाउने कार्यनीति हामीलाई चाहिन्छ । हामीले चुनावसम्मको लागि नयाँ कार्यनीति बनाउनै पर्छ । प्रयोगद्धारा दुश्मनसँग भिड्ने विप्लवको निष्कर्ष सही छ । संसदभित्र र स्थानीय निकायभित्र पनि संघर्ष र प्रतिरोधको योजना बनाउने कुरा सही र शाहसीक छ । यो निर्णयले दुश्मनको किल्लामा हल्लीखल्ली मच्चिएको छ । यो निर्णयको प्रभावलाई दुश्मनले बुझिसकेको छ र त हाम्राविरूद्व षडयन्त्र गर्दैछ । ३ बुँदे ठाउँमा ७ बुँदेको कुप्रचार बल्खु वा पेरिसडाँडामा बुझाउने कुप्रचार यसैका षडयन्त्र हुन् । पार्टीलाई विभाजन गराउनेदेखि नेतृत्वलाई बदनामित गराउने षडयन्त्र हुँदैछ । स्पष्ट छ, चुनाव पनि दुश्मनको हतियार हो र यसलाई खोस्ने योजना हामीले बनाउनु पर्छ ।
प्रयोग र पतनबीचको अन्तर
चुनावको प्रयोगबाट संसदवादमै फसिन्छ कि भन्ने एउटा चिन्ता सही छ । नफसीकन प्रयोग सम्भव छ कि छैन यो अर्को प्रश्न हो । प्रचण्ड र बाबुराम नियोजित रूपमा फसेका हुन भन्ने तथ्यमा स्पष्ट हुन जरूरी छ । यदि संसदीय व्यवस्थामै आत्मसमर्पण नगरेको भए चुनावको बाटो पनि प्रभावकारी साबित हुन सक्थ्यो । त्यसकारण प्रयोग र पतनबीच अन्तर छ । हामीले सचेत प्रयोग गर्नुपर्छ । हामीले संसदभित्रै जनमत संग्रहको माग गर्ने वातावरण बनाउन सक्छौं कि, त्यो हेनुपर्छ । स्थानीय सरकारमा जनमत संग्रह र वैज्ञानिक समाजवादको नारा लगाउन सक्छौं कि, त्यो पनि हेर्नुपर्छ । वस्तुगत र आत्मगत परिस्थितिमा ध्यानमा राखेर सम्भाव्यताको खोजी गरिनु पर्छ । हामीले अहिले देखेका छौं कि संसदवादी दलहरूभित्र दुई धुव्रीय संघर्ष र टकराव छ । यो संकट र अन्तरविरोधका बीचबाट विदेशी हस्तक्षेप सशक्त बनेको छ । तत्कालिन सरकारी नेकपाको विघटन पछि हस्तक्षेप तिव्र बनेको छ । पार्टी विभाजन वा एकता अनि ओली सरकारको निरन्तरता वा बर्खास्तीमा शक्ति राष्ट्रहरूको स्वार्थ जोडिएका तथ्यहरू पनि ताजा नै छन् । त्यसकारण प्रयोग नै आजको सही बाटो हो । यो तत्कालिन विषय हो र एक ढिक्का भएर जाँदा क्रान्तिलाई फाइदा पुग्छ । पतन हैन प्रयोग : यो आजको नारा बन्नुपर्छ । प्रयोग प्रभावकारी हुन्छ । यदि सही ढंगले चुनावी रणनीति बनाउन सके संसदभित्र र स्थानीय निकायभित्र पनि हाम्रो मोर्चा बन्ने सम्भावना प्रबल छ ।
संसदवादी टकरावलाई क्रान्तिमा प्रयोग गर्ने नीतिको विकास गर्नुपर्छ । चुनावलाई उनीहरूले जीवनमरणको विषय ठानेका छन् । हामीले उनीहरूलाई सजिलो बनाइदिनु हुँदैन । विगतमा हामीले बहिस्कार गरेका कारण उनीहरू सुद्धढ बने । पहिलो बहिस्कारमा हामीले एउटा गलत नीतिको अभ्यास गर्यौं, त्यो हो – छानी छानी माओवादी हराउ अभियान । वस्तुलाई उल्ट्याएर हेर्नुपर्छ । यदि उपयोग वा प्रयोग गरेको भए के हुन्थ्यो ? अहिले हामीले सशक्त बहिस्कार गर्न मिल्ने अवस्था छैन । शालिन र भद्र बहिस्कारलाई जनताले पटक्कै मन पराउने छैनन् ।
संसदवादी टकरावलाई प्रयोग
संसदवादी टकरावलाई क्रान्तिमा प्रयोग गर्ने नीतिको विकास गर्नुपर्छ । चुनावलाई उनीहरूले जीवनमरणको विषय ठानेका छन् । हामीले उनीहरूलाई सजिलो बनाइदिनु हुँदैन । विगतमा हामीले बहिस्कार गरेका कारण उनीहरू सुद्धढ बने । पहिलो बहिस्कारमा हामीले एउटा गलत नीतिको अभ्यास गर्यौं, त्यो हो – छानी छानी माओवादी हराउ अभियान । वस्तुलाई उल्ट्याएर हेर्नुपर्छ । यदि उपयोग वा प्रयोग गरेको भए के हुन्थ्यो ? अहिले हामीले सशक्त बहिस्कार गर्न मिल्ने अवस्था छैन । शालिन र भद्र बहिस्कारलाई जनताले पटक्कै मन पराउने छैनन् । जनताले भनेका छन् – सक्छौं भने चुनाव नै हुन नदेउ, ध्वस्त बनाउ र व्यवस्था नै ढाल । अहिले भर्खरै यो सम्भावना छैन । यो चुनावमा शालिन र भद्र बहिस्कारको कुनै अर्थ छैन । त्यसकारण तत्कालिन रूपमा चुनावको प्रयोग सही हुन्छ । प्रयोगको निर्णयबाट संसदवादीहरू अत्तालिएका छन् । उनीहरू भन्दै छन् – कम्तीमा संसद र स्थानीय निकायभित्र त हामी सुरक्षित थियौं तर, अब त गाह्रो हुने भयो । स्थानीय निकायभित्र पसेर भ्रष्टाचारविरूद्वको संघर्ष प्रभावकारी बन्न सक्छ ।
अहिले संसदवादीहरू दुई धुव्रमा विभाजित बनेका छन् । उनीहरूभित्र सत्रुतापूर्णं र निषेधपूर्णं संघर्ष छ । यो टकरावको बीचबाट हामीले नयाँ संघर्ष छेड्नु पर्छ । हामीले लगाउने निम्न नाराहरू प्रभावकारी बन्ने छन् – बृहत कम्युनिष्ट एकता, बृहत राष्ट्रिय एकता र जनमत संग्रह । यस सँगसँगै प्रगतिशील संयुक्त सरकार र जनमत संग्रह दुई अभिन्न भाग हुन् । त्यसकारण चुनावको प्रयोग हुँदै हस्तक्षेपसम्म पुग्ने हाम्रो नीति हुनुपर्छ ।
(वामपन्थी विश्लेषकको रुपमा परिचित पन्त नेकपाका नेता हुन् ।)
वि.सं.२०७८ चैत १८ शुक्रवार १३:०४ मा प्रकाशित






























