back
CTIZAN AD

स्कुले विद्यार्थी नै लागु औषधिमा लिप्त भएपछि नियन्त्रणमा चुनौती

वि.सं.२०७८ चैत १८ शुक्रवार

795 

shares

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुव्र्यसनि बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ ।

विगत तीन वर्षयता यहाँ लागुऔषध सेवन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि ३० वर्ष उमेर समूहका बालिका तथा युवा लागुऔषध दुव्र्यसनमा रहेको जानकारी दिए ।

“पटक÷पटक लागुऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ ।” उनले भने,“लागुऔषध दुव्र्यसनबाट छोराछोरी बचाउन अभिभावकको पनि मुख्य भूमिका रहन्छ ।”प्रहरीले भारतसित खुला सीमा नाका भएका कारण यहाँ ब्राउनसुगरलगायतका लागुऔषधको कारोबार नियनत्रणमा चुनौती रहेको बताउँदै आएको छ ।

“भारतबाट लुकिछिपी ल्याउने र यहाँ कारोबार गर्ने धेरै कारबाहीको दायरामा छन् ।” प्रवक्ता शाहले भने यो कारोबारमा संलग्न भारतीयलाई पनि जेल चलान गरिएका घटना छन ।”यहाँ लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरिरहेको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ८७ लागुऔषध सेवन कर्ता पक्राउ परेका थिए । यसमा सात भारतीय नागरिक हुन । सो अवधिमा प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो ।

त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या बढेर २३० जना पुगेका थिए । साथै, लागुऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाएको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ९९ विरुद्ध मुद्दा दर्ता गरेको छ । सो कारोबारमा संलग्न १६५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो अवधिमा लागुऔषध नाइट्राभेट १२७४, स्पाम २७६, रेक्सोजेसिक १६४ ग्राम, खैरोहेरोइन २६५.२३ ग्राम , चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न आपाराधिक क्रियाकलापमा संलग्न अधिकांश लागुऔषध सेवन गरेको अवस्थामा घटना घटाउने गरेको देखिएको जनाएको छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १३:०९ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...