back
CTIZAN AD

गाडी दुर्घटनामा परी नौ जनाको मृत्यु, चार घाइते

वि.सं.२०७८ चैत १८ शुक्रवार

747 

shares

श्रीनगर । काश्मिरको भारत नियन्त्रित क्षेत्रमा विवाहका सहभागीहरूलाई बोकेर गुडिरहेको गाडी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करीब १४७ किलोमिटर दक्षिणपश्चिममा पुन्च जिल्लाको बाफियाज क्षेत्रमा गाडी अनियन्त्रित भइ बिहीबार साँझ गहिरो खोल्सामा खसेको र उक्त घटनामा वैवाहिक कार्यक्रम गएका व्यक्तिहरूको निधन भएको हो ।

गत साँझ विवाह भोजमा सहभागी मानिसहरूलाई गाडीको सीट क्षमताभन्दा बढी लिएर गुडिरहेको समय उक्त सवारी साधन पहाडी बाटोबाट करिब ३०० फिट गहिरो खोल्सामा खसेको थियो । एक प्रहरी अधिकृतका अनुसार छ जना घटनास्थलमा र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । दुर्घटनामा चालकसहित अन्य चार जना गम्भीर घाइते भएका र उनीहरूको अस्पतालमा भर्ना गरी उपचार भइराखेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घुमाउरो बाटो काट्दै गर्दा चालकले गाडीमाथि नियन्त्रण गुमाएको बताइएको छ । नौ जना यात्रुको क्षमता भएको उक्त गाडीमा १३ जनाले यात्रा गरिरहेको बुझिएको प्रहरी स्रोतले बताएको छ ।

दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घटनास्थलबाट मृत शरीर तान्न र घाइतेको उद्धारको प्रयास शुरु गरेको प्रहरीले बताएको छ । भारतमा अक्सर क्षमताभन्दा बढी भार लिएर सवारी साधन सडकमा गुड्नु, सडकको खराब अवस्था र चालकको लापरवाहीका कारण दुर्घटना हुनेगर्छ ।
सिन्ह्वा

वि.सं.२०७८ चैत १८ शुक्रवार १३:१३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...