काठमाडौं । रुस र युक्रेनबीचको युद्ध लामो समयदेखि जारी छ । युद्धमा न रुस झुक्न तयार छ न त युक्रेन छ । यस्तो अवस्थामा युक्रेनमा ठूलो विनाश जारी छ।
यसैबीच यूक्रेनले पहिलो पटक रुसमै घुसेर आक्रमण गरेको छ । शुक्रबार बिहान यूक्रेनी सेनाले रुसी तेल भण्डारमाथि आक्रमण गरेको हो । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार यूक्रेनी सेनाको आक्रमणबाट रुसी तेल भण्डार ध्वस्त भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अस्ट्रेलिया, नेदरल्याण्ड र बेल्जियमका संसदलाई सम्बोधन गर्दै रुसविरुद्ध ठोस कदम चाल्ने बताएका थिए । जेलेन्स्कीले बताएको भोलिपल्टै रुसविरुद्व आक्रमण भएको हो ।
रुसी तेल भण्डार ध्वस्त
युक्रेनसँग सीमा जोडिएको रुसी सहर बेल्गोरोडका गभर्नरले त्यहाँको तेल भण्डारमा युक्रेनी सेनाले हवाई आक्रमण गरेको दाबी गरेका छन् । युक्रेनी सेनाले हेलिकप्टरको सहायताले उक्त भण्डारमाथि आक्रमण गरेको थियो ।
यूक्रेनी सेनाले आक्रमण गरेको उक्त शहर युक्रेनी सीमाबाट १२ किलोमिटर टाढा छ। यूक्रेनी सेनाको बमबारी गरेसँगै उक्त क्षेत्रमा ठूलो विस्फोटसहित आगलागी भएको थियो ।
An oil depot is on fire in #Belgorod, #Russia.
“The emergency services went to the place of fire, measures are being taken to eliminate it”, said Gladkov, the governor of the region in his Telegram channel. pic.twitter.com/ey7rC5ChSz
— NEXTA (@nexta_tv) April 1, 2022
जेलेन्स्कीले भने – अन्तिमसम्म हामी लडाइरहनेछौं
युद्धको बीचमा, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशलाई सम्बोधन गरेका छन् । उनले युक्रेन पछाडि नहट्ने बताएका छन् । उनले भनेका छन्, “हामीले यो लडाई शत्रुभन्दा बढी सहेका छौं। उनीहरुले युक्रेन कब्जा गर्न तीनदेखि पाँच दिन पुग्छ भन्ने सोचेका थिए तर, ३६ दिन बितिसक्दा पनि हामी खडा छौं । हामी लडिरहन्छौं । हामीले जित्नुपर्छ ।”
जर्जिया पनि उभियो रुसविरुद्व
जर्जिया पनि अब रूसविरुद्ध खडा हुने भएको छ । जर्जियाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्जियाका राष्ट्रपतिले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यद्यपि, अहिलेसम्म यो देशले प्रतिबन्धहरू लागू गर्न अस्वीकार गरेको छ।
वि.सं.२०७८ चैत १८ शुक्रवार १३:५२ मा प्रकाशित






























