१८ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको मलेसिया र पपुवा न्यूगिनी बिचको खेलमा मलेसियाले पपुवा न्यूगिनीलाई जितको लागि १९७ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको हो । मलेसियाका लागि ब्याटिङ्गमा कप्तान अहमद फैज र सैयद अजिजले अर्धसतकीय पारी खेलेका थिए । कप्तान अहमद फैजले ६३ रन बनाएर आउट भएका थिए भने सैयद अजिजले ६४ रन बनाएर आउट भएका थिए । पपुवा न्यूगिनीका लागि बलिङ्ग तर्फ काबुआ मोरियाले सर्वाधिक ४ विकेट हात पारेका थिए ।
मलेसिया विरुद्ध जित हासिल गर्नको लागि पपुवा न्यूगिनी २० ओभरमा १९७ रन बनाउन पर्ने छ ।
यदी आजको खेलमा मलेसियाले जित हासिल गरेका मलेसिया यस त्रिकोणात्मक टि-२० श्रृखलको फाइनलमा प्रवेश गर्ने छ ।
वि.सं.२०७८ चैत १८ शुक्रवार १४:०७ मा प्रकाशित



























