back
CTIZAN AD

रुसी विदेशमन्त्रीलाई भारतमा स्वागत : अमेरिका र अष्ट्रेलियाले जनाए आपत्ति

वि.सं.२०७८ चैत १८ शुक्रवार

768 

shares

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भारत भ्रमणमा छन् । उनी बिहीबार औपचारिक भ्रमणका लागि भारत आइपुगेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित समक्षी डा. एस जयशंकरसँग भेट गर्नेछन् । यो भेटमा दुई देशबीच हतियार र कच्चा तेलको विषयमा महत्वपूर्णं सम्झौता हुनेछ ।

यता, विदेशमन्त्री लाभरोभको भारत भ्रमणप्रति पश्चिमा देशहरुले विरोध जनाएका छन् । अमेरिका र अष्ट्रेलियाले खुलेरै भ्रमणको विरोध जनाएको छन् । भ्रमणले अमेरिका र उसका सहयोगीहरूले रुसमाथि लगाएको प्रतिबन्धलाई कमजोर बनाउने दुवै देशको भनाइ छ ।

अमेरिकी वाणिज्य सचिव जीना रेमन्डोले भनेकी छन्, “अहिले इतिहासमा अधिकारको पक्षमा उभिने समय आएको छ । युक्रेनका जनताले स्वतन्त्रता, प्रजातन्त्र र सार्वभौमसत्ताको पक्षमा उभिने र अमेरिका र अन्य दर्जनौं देशहरूसँग सेनामा सामेल हुने बेला आएको छ। राष्ट्रपति पुटिनको युद्धमा आर्थिक साझेदार बन्ने यो समय होइन।”

अहिले युक्रेन मुद्दामा भारतसँग अमेरिकाका डेपुटी एनएसए दलीप सिंह दुई दिने भारत भ्रमणमा छन् । यसैबीच बेलायती विदेशमन्त्री एलिजाबेथ ट्रस पनि बिहीबार भारत भ्रमणमा आउँदै छन् । ट्रसले दिल्लीमा साँझ ५ बजे विदेशमन्त्री डा एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ ।

“भारत हामीसँगै आउनुपर्छ”

अष्ट्रेलियाका व्यापार मन्त्री डान तेहानले दोस्रो विश्वयुद्धपछि विश्वभरका प्रजातन्त्रहरूले नियममा आधारित दृष्टिकोण कायम राख्न मिलेर काम गर्नु आवश्यक भएको बताएका छन्। दुवै देशका मन्त्रीहरूका यी भनाइहरूले क्वाड (क्वाड) का सदस्य राष्ट्रहरूबीच भारतसँग बढ्दो असहजता झल्काउँछ।

क्वाड एशिया-प्रशान्त क्षेत्रमा चीनको दृढताको प्रतिरोध गर्न चार देशहरूको समूह हो। यसमा भारतसहित अमेरिका, अष्ट्रेलिया र जापान समावेश छन्। भारत रुसी हतियारको विश्वको सबैभन्दा ठूलो खरिदकर्ता हो। पश्चिमा देशको प्रतिबन्धका बाबजुद भारतले रुसबाट कच्चा र सूर्यमुखी तेल सस्तो दरमा खरिद गर्ने सम्झौता गरेको छ ।

युद्ध के बीच रूस के विदेश मंत्री का भारत दौरा; दुनिया की राजनीति पर क्या  होगा असर? - Republic Bharat

रुपैयाँ-रुबल व्यापार प्रणालीमा सम्झौता गर्ने तयारी

भारतीय मिडियाले उल्लेख गरेअनुसार पश्चिमा राष्ट्रले रुसी बैंकमा लगाएको प्रतिबन्धपछि भुक्तानी प्रणालीलाई सहज बनाउन दुवै देशले छलफल गर्न सक्नेछन् । भारत सरकारले रुपे-रुबल ट्रेडिङ सिस्टम स्थापना गर्ने विचार गरिरहेको छ। जसका लागि भारतीय र रुसका वित्तीय अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।

स्विफ्ट भुक्तान प्रणालीसँग प्रतिस्पर्धा गर्न रुपैया-रुबल ट्रेड विन्डोको अतिरिक्त, दुई देशका केन्द्रीय बैंकहरूमार्फत सबै सरकारी र अर्ध-सरकारी भुक्तानीहरूको प्रत्यक्ष निपटानसहित कार्ड जस्ता विकल्पहरूबारे पनि निर्णय हुने सम्भावना छ ।

सबैको नजर भारतमा छ

पछिल्ला केही सातामा युद्धका सम्बन्धमा भारतको तटस्थताले विश्व समुदायलाई सोच्न बाध्य बनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी दुई वर्षपछि भर्खरै भारत भ्रमणमा आएका थिए र अहिले लाभरोभ सहयोग लिएर भारत आएका छन् ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले यसै महिना दिल्लीको भ्रमण गरेका थिए । यसै क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पनि प्रधानमन्त्री मोदीसँग भिडियो कन्फ्रेन्स गरेका छन् । यसैबीच, बुधबार विदेशमन्त्री जयशंकरले युक्रेनको अवस्थाबारे अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग कुरा गरेका थिए।

वि.सं.२०७८ चैत १८ शुक्रवार १५:४२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...