back
CTIZAN AD

गाउँपालिकाले दिएको तालिमबाट महिलाहरु व्यावसायिक भन्दै

वि.सं.२०७८ चैत १८ शुक्रवार

756 

shares

इनरुवा । कोसी गाउँपालिका–५ का महावतीदेवी सदाले चार/पाँचवटा बाख्रा पाल्दै आए पनि यसबारे खासै अनुभव नहुँदा उनलाई समस्या हुँदै आएको थियो । बाख्रामा लाग्ने रोगबारे थाहा नभएको र रोग लागे पनि त्यसको लक्षण पहिचान गर्न कठिनाइ हुँदै आएकामा अब सदा यस विषयमा पूर्णरुपले जानकार भएकी छिन् । सोही वडाकी परमेश्वरीदेवी सदालाई पनि बङगुर पालनमा खासै अनुभव थिएन । उनले दुई/चारवटा बङगुर पाल्दै आए पनि पाल्ने तरिका र तिनमा लाग्ने रोगबारे थाहा नहुँदा खासै आम्दानी लिन कठिन हुँदै आएको थियो ।

अब परमेश्रीलाई कुन जातको बङगुर पाल्ने, तिनलाई कसरी दाना दिने र रोग लागेमा कहाँ लगेर कसरी उपचार गराउनेजस्ता विषयमा जानकारी भएकाले व्यावसायिकरुपमा बङगुर पाल्न हौसला मिलेकोे छ । त्यसैगरी कुन्तीदेवी मेहतालाई पनि कुन बेला कुन तरकारी खेती गर्ने र तिनमा के कस्ता मलखाद दिने भन्नेबारे खासै ज्ञान नहुँदा जे जति तरकारी फल्थ्यो त्यसमै चित्त बुझाउनुपथ्र्यो । उनी पनि अहिले यस विषयमा पूर्ण जानकार भएर व्यावसाहिकरुपले खेती गर्न थालेकी छिन । उक्त वडाका यी तीन महिला उदाहरणका पात्र मात्र हुन् । सुनसरी जिल्लाको उक्त गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय महिलालाई तालिम दिएका कारण अहिले उनीहरु आफूले गर्ने व्यवसायमा जनकार भएका हुन् ।

गाउँपालिकाले महिलालाई लक्ष्य गरेर सञ्चालन गरेको सात दिने होटल, बङगुर पालन, बाख्रा पालन, तरकारी खेती र भुजिया बनाउने तालिमले यस क्षेत्रका महिला आत्मनिर्भर हुनाका साथै आफैले पनि व्यावसायिकरुपमा काम गरेर स्वरोजगार हुने अवसर सृजना गरेको स्थानीय सुनितादेवी कामैतले बताइन । गाउँपालिकाको आर्थिक सहयोग र इटहरीस्थित महिला सीप विकास केन्द्रले गाउँमै गएर तालिम दिएकाले महिलालाई रोजगार बन्न सहज भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।

यस्ता तालिमले आफूहरुलाई धेरै फाइदा भएको र आउने दिनमा तालिमलाई निरन्तरता दिनुपर्नेमा सोही गाउँ निवासी बबिताकुमारी मण्डलले जोड दिइन । काम नपाएर तेसै समय बिताउँदै आएकामा यस्ता तालिम आयआर्जन गर्ने माध्यम बनेको स्थानीय सुनितादेवी कामतले बताइन । तालिमका कारणले महिलालाई रोजगारी दिलाउनाका साथै परिवारको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुगेको तालिम लिएकी ललितादेवी सदाले जानकारी दिइन । आगामी दिनमा महिलालाई लक्ष गरेर यस्ता किसिमका अन्य थप कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले बताइन ।

 

वि.सं.२०७८ चैत १८ शुक्रवार १५:४६ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...