back
CTIZAN AD

पुपवा न्यूगिनी ८ विकेटले विजयी, टोनी उराको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ चैत १८ शुक्रवार

810 

shares

१८ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको मलेसिया र पपुवा न्यूगिनी बिचको खेलमा पपुवा न्यूगिनीले मलेसियालाई ८ विकेटले पराजित गरेको ।

मलेसियाले दिएको १९७ रनको विशाल लक्ष्य पपुवा न्यूगिनीले १७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पपुवा न्यूगिनीका लागि कप्तान असद वालाले ५१ बलमा ७४ रनको पारी खेलेका थिए भने टोनी उराले ३४ बलमा ८६ रनको विस्फोटक पारी खेलेका थिए । टोनी उराले आफ्नो पारीमा २ चौका र १० छक्का प्रहार गरेका थिए । मलेसियाका लागि बलिङ्ग तर्फ मोहम्मद वाफिक र स्याजरुल इद्रुसले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । मलेसियाका लागि ब्याटिङ्गमा कप्तान अहमद फैज र सैयद अजिजले अर्धसतकीय पारी खेलेका थिए । कप्तान अहमद फैजले ६३ रन बनाएर आउट भएका थिए भने सैयद अजिजले ६४ रन बनाएर आउट भएका थिए । पपुवा न्यूगिनीका लागि बलिङ्ग तर्फ काबुआ मोरियाले सर्वाधिक ४ विकेट हात पारेका थिए ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १५:५१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...