काठमाडौं । विवेकशील साझा पार्टीले स्थानीयतहको निर्वाचनका लागि देशैभरी उम्मेदवार खोजि गरेको छ ।
उक्त पार्टीले आगामी बैशाख ३० गतेबाट हुने स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवारको खोजी गर्दै उक्त पार्टीको झण्डा लिएर उम्मेदवार बन्न चाहेमा फारम भर्न आव्हान गरेको हो ।
उक्त पार्टीले देशैभरी रहेका राम्रा उम्मेदवारहरुको खोजीमा रहेकाले इच्छुक व्यक्तिले फारम भर्न आव्हान गरेको गरेको हो ।
उम्मेदवार बन्न चाहाने व्यक्तिले फारम भर्न वा सोझै पार्टीका प्रदेश इन्चार्जहरुलाई सम्पर्क गर्न समेत सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले भनेका छन्–‘हामी देशैभरी राम्रा उमेदवारको खोजीमा छौँ ।
स्थानीय चुनावमा देशैभरी हामी विवेकशील साझाका सहित बाहिरका पनि इमानदार/सक्षम व्यक्तिहरूलाई Bibeksheel Sajha Party को ‘तराजु’ चुनाव चिन्ह लिएर उमेदवार बन्न आह्वान गर्दछौँ। तपाईं या तपाईंले चिनेको त्यस्ता व्यक्ति कोही हुनुहुन्छ भने यो छोटो\सजिलो फारम भरिदिन अनुरोध गर्दछौँ।’
यसका लागि पार्टीका प्रदेश संयोजक÷इन्चार्जहरूसँग सिधै सम्पर्क पनि गर्न सकिने भन्दै अध्यक्ष मिश्रले उनीहरुको सम्पक नम्बर समेत दिएका छन् ।
प्रदेश नं १ः प्रकाशचन्द्र परियार (९८५११९४७००)
मधेस प्रदेशः धनपति महतो (९८६३८१६१६१)
बागमती प्रदेशः उज्वलकृष्ण श्रेष्ठ ( ९८५१०२४३५५)
गण्डकी प्रदेशः सुशीला केसी अधिकारी (९८५६०४१६०५)
लुम्बिनी प्रदेशः अनुपमान सैँजु (९८५७०२०३४१)
कर्णाली प्रदेशः कर्णबहादुर शाही (९८५१०४७०३२)
सुदूरपश्चिम प्रदेशः दिनेश भण्डारी (९८५८४२२२४५)
त्यस्तै विदेशमा रहेका कोही नेपाली आफ्नो गाऊँ–ठाऊँमा आएर उमेदवार बन्न चाहेमा अन्तर्राष्ट्रिय समितिका संयोजक एसके श्रेष्ठलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
वि.सं.२०७८ चैत २० आइतवार १०:०० मा प्रकाशित






























