
काठमाडौं । भारतमा भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किदै छन् ।
शुक्रवारदेखि तीनदिनका लागि ५० सदस्यीय टोलीको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री देउवा आज भारतको वाराणसीमा आयोजना हुने कार्यक्रममा सहभागी भएर अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
उक्त भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी आरजु देउवासहित परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा पनि भ्रमणमा गएका थिए ।