back
CTIZAN AD

हिमालय बचाउँ अभियान कार्यक्रम

वि.सं.२०७८ चैत २० आइतवार

666 

shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा २०७८ चैत २० गते मुस्ताङको लोमानथाङ्गमा हिमालय बचाउँ : नदी जोगाउँ भन्ने आह्वानसहित जागरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल र आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता थियो भने कार्यक्रमका दौरान जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाउँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु वितरण गरिएको थियो ।

२०७८ चैत १७ गते गोरखाबाट शुरु भएको शान्ति समाजको हिमालय बचाउँ : नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार विषयक अभियानका क्रममा गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभा सम्पन्न भएको थियो ।

सोही अभियानका दौरान लागू औषध/मदिरा दुव्र्यसन विरुद्ध जनचेतना र युद्ध निषेध : शान्ति विशेष अभियानमा केन्द्रीत रहि अवधारणापत्रहरु समेत वितरण गरिएको थियो । कोण सभाहरुलाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति कृष्णबहादुर रावल, महासचिव रामकृष्ण बराल, केन्द्रीय सदस्य किरण ढकाल र काठमाण्डौ शाखा का.वा सभापति भगवान पुडासैनी लगायत शान्तिवादीहरुले सम्बोधन गरेका थिए ।

यसैगरी रुकुम पुर्व, रुकुम पश्चिम र सल्यानमा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशिल बस्नेत, केन्द्रीय सचिव निर्मल नेपाली, दाङ शाखा सभापति तुलसीराम सुनारले संवोधन गरेका थिए ।

वि.सं.२०७८ चैत २० आइतवार १२:१५ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...