back

इमरानले सिफारिस गरे लगत्तै राष्ट्रपतिले गरे संसद विघटन, ९० दिनपछि हुनेछ निर्वाचन

वि.सं.२०७८ चैत २० आइतवार

210 

shares
NTC AD
Global IME AD

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्धको अविश्वासको प्रस्तावमा आइतबार मतदान हुन सकेन । राष्ट्रिय सभाका उपसभामुखले पाकिस्तानको संविधानको धारा ५ अन्तर्गतको प्रस्तावलाई असंवैधानिक भन्दै अस्वीकृत गरे । त्यसलगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका नाममा सम्बोधन गरे । इमरानले राष्ट्रिय सभा भंग गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव पठाएको बताए । तर, ३० मिनेटमै राष्ट्रपतिले संसद विघटनलाई अनुमोदन गरे । अब पाकिस्तानमा ९० दिनभित्र निर्वाचन हुनेछ ।

इमरान खानले सम्बोधनमा के भने ?

इमरानले आफ्नो सम्बोधनको सुरुमै अविश्वासको प्रस्तावमा मतदान नगर्ने उपसभामुखको निर्णयलाई जायज ठह¥याए । उनले भने, “हामी आत्तिनु पर्दैन, अल्लाहले यो समुदायलाई हेरिरहेको छ। रमजानमा पाकिस्तान अस्तित्वमा आएको थियो । आज सभामुखले आफ्नो शक्ति प्रयोग गरेर लिएको निर्णय एकदम सही छ । हामी लोकतन्त्रमा जान्छौं। जनताले कसलाई चाहन्छन् भन्ने निर्णय गर्नेछन् ।”

उनले विदेशी शक्तिले देशको भविष्य तय गर्न नसक्ने बताएका छन् । उनले भनेका छन्, “त्यस्ता भ्रष्टलाई मेरो अपील छ कि बाहिरबाट आएको पैसाको बोराले देशको भविष्य तय नगर्नुहोला । जसले यो पैसा लिएका छन्, राम्रा काममा लगाउनुहोस्।”

विदेशीले निर्णय गर्न पर्दैन भन्दै उनले सम्बोधनका क्रममा भनेका छन्, “म जनतालाई अपिल गर्न चाहन्छु, चुनावको तयारी गर्नुहोस् । देशको भविष्य के हुन्छ भनेर कुनै पनि विदेशले निर्णय गर्नुपर्दैन। म राष्ट्रपतिलाई सल्लाह दिन्छु र सभा विघटन हुनेछ। चुनावको तयारीमा लाग्नुपर्छ ।”

अदालत जाने तयारीमा विपक्ष

अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि विपक्षी सर्वोच्च अदालत जाने भएको छ । विपक्षी दलले सर्वोच्च अदालतलाई संविधान बचाउन आग्रह गर्ने निर्णय गरेको छ । प्रस्ताव विपक्षी सांसदहरु संसद अगाडि धर्नामा बसेका छन् ।

पीएमएल-एनकी नेतृ मरियम औरङ्गजेबले विपक्षीसँग १७४ सांसद रहेको दाबी गरेकी छन् । सरकार बनाउन १ सय ७२ सांसद चाहिन्छ ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव खारेज भएसँगै इमरान खानले गरे संसद भंग गर्न सिफारिस

वि.सं.२०७८ चैत २० आइतवार १४:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...