back
CTIZAN AD

इमरानले सिफारिस गरे लगत्तै राष्ट्रपतिले गरे संसद विघटन, ९० दिनपछि हुनेछ निर्वाचन

वि.सं.२०७८ चैत २० आइतवार

945 

shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सरकारविरुद्धको अविश्वासको प्रस्तावमा आइतबार मतदान हुन सकेन । राष्ट्रिय सभाका उपसभामुखले पाकिस्तानको संविधानको धारा ५ अन्तर्गतको प्रस्तावलाई असंवैधानिक भन्दै अस्वीकृत गरे । त्यसलगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका नाममा सम्बोधन गरे । इमरानले राष्ट्रिय सभा भंग गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव पठाएको बताए । तर, ३० मिनेटमै राष्ट्रपतिले संसद विघटनलाई अनुमोदन गरे । अब पाकिस्तानमा ९० दिनभित्र निर्वाचन हुनेछ ।

इमरान खानले सम्बोधनमा के भने ?

इमरानले आफ्नो सम्बोधनको सुरुमै अविश्वासको प्रस्तावमा मतदान नगर्ने उपसभामुखको निर्णयलाई जायज ठह¥याए । उनले भने, “हामी आत्तिनु पर्दैन, अल्लाहले यो समुदायलाई हेरिरहेको छ। रमजानमा पाकिस्तान अस्तित्वमा आएको थियो । आज सभामुखले आफ्नो शक्ति प्रयोग गरेर लिएको निर्णय एकदम सही छ । हामी लोकतन्त्रमा जान्छौं। जनताले कसलाई चाहन्छन् भन्ने निर्णय गर्नेछन् ।”

उनले विदेशी शक्तिले देशको भविष्य तय गर्न नसक्ने बताएका छन् । उनले भनेका छन्, “त्यस्ता भ्रष्टलाई मेरो अपील छ कि बाहिरबाट आएको पैसाको बोराले देशको भविष्य तय नगर्नुहोला । जसले यो पैसा लिएका छन्, राम्रा काममा लगाउनुहोस्।”

विदेशीले निर्णय गर्न पर्दैन भन्दै उनले सम्बोधनका क्रममा भनेका छन्, “म जनतालाई अपिल गर्न चाहन्छु, चुनावको तयारी गर्नुहोस् । देशको भविष्य के हुन्छ भनेर कुनै पनि विदेशले निर्णय गर्नुपर्दैन। म राष्ट्रपतिलाई सल्लाह दिन्छु र सभा विघटन हुनेछ। चुनावको तयारीमा लाग्नुपर्छ ।”

अदालत जाने तयारीमा विपक्ष

अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि विपक्षी सर्वोच्च अदालत जाने भएको छ । विपक्षी दलले सर्वोच्च अदालतलाई संविधान बचाउन आग्रह गर्ने निर्णय गरेको छ । प्रस्ताव विपक्षी सांसदहरु संसद अगाडि धर्नामा बसेका छन् ।

पीएमएल-एनकी नेतृ मरियम औरङ्गजेबले विपक्षीसँग १७४ सांसद रहेको दाबी गरेकी छन् । सरकार बनाउन १ सय ७२ सांसद चाहिन्छ ।

सम्बन्धित समाचार

अविश्वासको प्रस्ताव खारेज भएसँगै इमरान खानले गरे संसद भंग गर्न सिफारिस

वि.सं.२०७८ चैत २० आइतवार १४:३३ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...