back
CTIZAN AD

अष्ट्रेलियाले सातौँ पटक जित्यो विश्वकपको उपाधि

वि.सं.२०७८ चैत २० आइतवार

951 

shares

२० चैत, काठमाडौँ । अष्ट्रेलिया महिला क्रिकेट टिमले सातौँ पटक एकदिवसीय विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ । अष्ट्रेलियाले इंल्याण्ड महिला क्रिकेट टिमलाई फाइनलमा ७१ रनले पराजित गर्दै सातौँ पटक उपाधि आफ्नो नाममा गरेको हो ।

फाइनलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर ३५६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि एलिसा हेलीले सर्वाधिक १३८ बलमा १७० रनको उत्कृष्ट पारी खेलेकी थिइन् । त्यसक्रममा उनले २६ चौका प्रहार गरेकी थिइन् । त्यसैगरी राहेल हेन्सले ६८ र बेथ मुनीले २८ रनको पारी खेलेकी थिइन् । इंल्याण्डका लागि बलिङ्गमा अन्या श्रबसोलले सर्वाधिक ३ विकेट हात पारेकी थिइन् ।

३५७ रनको विशाल लक्ष्य पछाएको इंल्याण्डको टिम ४३.४ ओभरमा २८५ रन बनाएर अलआउट हुन पुगेको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा नताली स्काइभरले १२१ बलमा १४८ रनको नटआउट पारी खेले पनि टिमलाई जित भने दिलाउन सकिनन् । अष्ट्रेलियाका लागि अलाना किंग र जेस जोनासनले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

यसअघि अष्ट्रेलिया महिला क्रिकेट टिमले १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा एकदिवसीय विश्वकपको उपाधि आफ्नो नाममा गरिसकेको थियो ।

वि.सं.२०७८ चैत २० आइतवार १५:०४ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...