back
CTIZAN AD

श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित नयाँ चार मन्त्रीले लिए सपथ

वि.सं.२०७८ चैत २१ सोमवार

699 

shares

काठमाडौं । आर्थिक संकटका बीच श्रीलंकामा सर्वदलीय सरकार गठन हुने भएको छ । राष्ट्रपति गोताबाया राजापाक्षेले सरकार गठनका लागि सबै दललाई आमन्त्रण गरेका छन् । गोताबाया राजापाक्षेले सबै दललाई मन्त्रालयमा सहभागी भई मुलुकको संकटको समाधान खोज्न आग्रह गरेका छन् ।

श्रीलंकामा हिंसा अवस्था बढ्दै जान थालेसँगै मन्त्रिपरिषदले सामुहिक रूपमा आइतबार राति नै राजीनामा दिएको थियो। तर, प्रधानमन्त्री महिन्दा राजापेक्षले राजीनामा दिएका छैनन् ।

उनले अहिलेको संकट आर्थिक र विश्वव्यापी कारणले उत्पन्न भएको बताएका छन् । भावी पुस्ता र राष्ट्रको हितका लागि हामी सबै मिलेर काम गर्न जरुरी रहेको उनको जिकिर छ । उनले सरकारमा मन्त्री पदका लागि सबै दलका प्रतिनिधिलाई बोलाएका छन् ।

भारतसँग सहयोग गर्न विपक्षीको अपिल

श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगको अपिल गरेका छन् । उनले भनेका छन्, “सकेसम्म सहयोग गर्नुहोस् । यो हाम्रो मातृभूमि हो। हामीलाई बचाउन मद्दत गर्नुहोस्।”

चार नयाँ मन्त्रीले सपथ लिए

श्रीलंकामा आपतकालिन अवस्था र मन्त्रिपरिषद्को सामूहिक राजीनामापछि सोमबार चार नयाँ मन्त्रीहरूले सपथ लिएका छन्। यसमा अर्थमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म पर्छन् । अली साबरीले राष्ट्रपति गोताबाया राजापाक्षे समक्ष अर्थमन्त्रीको सपथ लिएका थिए । उनलाई बसिल राजपाक्षेको स्थानमा मन्त्रिपरिषद्मा समावेश गरिएको थियो। जीएल पेरिस नयाँ विदेशमन्त्री हुनेछन्। दिनेश गुणवर्द्धनेलाई शिक्षा मन्त्री बनाइएको छ भने जोन्सन फर्नान्डोले राजमार्ग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

वि.सं.२०७८ चैत २१ सोमवार १४:२१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...