Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

श्रीलंकामा सर्वदलीय सरकार, अर्थ र विदेशसहित नयाँ चार मन्त्रीले लिए सपथ



काठमाडौं । आर्थिक संकटका बीच श्रीलंकामा सर्वदलीय सरकार गठन हुने भएको छ । राष्ट्रपति गोताबाया राजापाक्षेले सरकार गठनका लागि सबै दललाई आमन्त्रण गरेका छन् । गोताबाया राजापाक्षेले सबै दललाई मन्त्रालयमा सहभागी भई मुलुकको संकटको समाधान खोज्न आग्रह गरेका छन् ।

श्रीलंकामा हिंसा अवस्था बढ्दै जान थालेसँगै मन्त्रिपरिषदले सामुहिक रूपमा आइतबार राति नै राजीनामा दिएको थियो। तर, प्रधानमन्त्री महिन्दा राजापेक्षले राजीनामा दिएका छैनन् ।

उनले अहिलेको संकट आर्थिक र विश्वव्यापी कारणले उत्पन्न भएको बताएका छन् । भावी पुस्ता र राष्ट्रको हितका लागि हामी सबै मिलेर काम गर्न जरुरी रहेको उनको जिकिर छ । उनले सरकारमा मन्त्री पदका लागि सबै दलका प्रतिनिधिलाई बोलाएका छन् ।

भारतसँग सहयोग गर्न विपक्षीको अपिल

श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगको अपिल गरेका छन् । उनले भनेका छन्, “सकेसम्म सहयोग गर्नुहोस् । यो हाम्रो मातृभूमि हो। हामीलाई बचाउन मद्दत गर्नुहोस्।”

चार नयाँ मन्त्रीले सपथ लिए

श्रीलंकामा आपतकालिन अवस्था र मन्त्रिपरिषद्को सामूहिक राजीनामापछि सोमबार चार नयाँ मन्त्रीहरूले सपथ लिएका छन्। यसमा अर्थमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म पर्छन् । अली साबरीले राष्ट्रपति गोताबाया राजापाक्षे समक्ष अर्थमन्त्रीको सपथ लिएका थिए । उनलाई बसिल राजपाक्षेको स्थानमा मन्त्रिपरिषद्मा समावेश गरिएको थियो। जीएल पेरिस नयाँ विदेशमन्त्री हुनेछन्। दिनेश गुणवर्द्धनेलाई शिक्षा मन्त्री बनाइएको छ भने जोन्सन फर्नान्डोले राजमार्ग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।