२१ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनीबिचको त्रिकोणात्मक टि-२० श्रृखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनीलाई जितको लागि १६९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह एरीले ३८ बलमा ५४ रनको विस्फोटक पारी खेलेका थिए भने करण केसीले पनि १२ बलमा ३३ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी कुशल भुर्तेलले २५, आसिफ शेखले २९, रोहित कुमार पौडेलले २, आदिल अन्सारीले १५ र करण केसले २५ रनको योगदान दिएका थिए । पपुवा न्यूगिनीका लागि बलिङ्गमा सेमो कमियाले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
त्रिकोणात्मक टि-२० श्रृखलाको फाइनलमा जित हासिल गर्नको लागि पपुवा न्यूगिनीले २० ओभरमा १६९ रन बनाउन पर्नेछ ।
वि.सं.२०७८ चैत २१ सोमवार १४:०४ मा प्रकाशित






























