back
CTIZAN AD

जुम्लामा कृषि गणना गरिँदै

वि.सं.२०७८ चैत २१ सोमवार

792 

shares

खलङ्गा । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने भएको छ ।

जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० स्थानमा कृषि गणना गरिने छ । सिञ्जा गाउँपालिका र पातारासी गाउँपालिकाका नौ स्थानमा गणना गरिनेछ । सबैभन्दा कम सात स्थानमा गुठीचौर गाउँपालिकामा कृषि गणना हुने छ । यसका लागि २६ गणक खटाइने छ ।

आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिने छ । गणकले कृषकका भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, बीउको प्रयोगबारे तथ्याङ्क लिने छन् । यस्तै गणकले कृषि सामग्री र औजारको उपयोग, पशुपक्षीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे तथ्याङ्क सङ्कलन गर्नेछन् ।

वि.सं.२०७८ चैत २१ सोमवार १५:५३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...