back
CTIZAN AD

मुगु नेबिसंघमा शोबिन्द र साँस्कृतिक संघमा रामदेबि मनोनित

वि.सं.२०७८ चैत २२ मंगलवार

594 

shares

मुगु संसार संवाददाता । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघको जिल्ला संयोजकमा शोबिन्दबहादुर मल्ल र सांस्कृति संघ संयोजकमा रामदेबि खडकालाई मनोनित गरिएको छ ।

नेपाली कांगे्रस स्थानीयतह परिचालन समितिको निर्णय अनुसार शोबिन्दलाई नेबिसंघ जिल्ला संयोजक र रामदेबिलाई साँस्कृति संघको संयोजकमा मनोनित गरिएको कांग्रेस पार्टी सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।

स्थानीय निर्बाचको लागि भातृ संघ÷संगठनलाई क्रियासिल बनाई परिचालन गर्ने उदेश्य बमोजिम मल्ल र खडकालाई पार्टीले जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको सभापति शाहीको भनाई छ ।

पार्टीले मनोनित गरेका द्धय मल्ल र खडकाले स्थानीय निर्बाचनमा ठूलो भूमिका निर्बाह गर्ने बताएका छन् । संगठन सुदृढीकरण तथा परिचालनमा ध्यान दिने उनीहरुको भनाई छ । उनीहरुले पार्टीको सिद्धान्त र नीतिमा रहि काम गर्ने बताए ।

भातृ संगठनलाई चलायमान नबनाए सम्म स्थानीय निर्बाचनमा कांग्रेसलाई अप्ठेरो हुने भएकोले नेबिसंघ र साँस्कृति संघमा जिल्ला संयोजक तोकिएको पार्टी प्रबक्ता प्रकास कुमार शाहीले बताए ।

उम्मेद्धारले मतदाता समक्ष भोट माग्न जाँदा साँस्कृति कार्यक्रम पनि संगसंगै लैजानु पर्ने भएकोले साँस्कृति संघलाई पूर्णता दिनु पर्ने अबस्था आएको प्रबक्ता शाहीले जनाए ।

प्रबक्ता शाहीले भने–पार्टीले नेबिसंघ र साँस्कृति संघको जिल्ला संयोजकमा जुझारु युवालाई प्राथमिकता दिएको हुँदा समग्र पार्टीलाई हित हुने देखिन्छ । स्थानीय निर्बाचनलाई लक्षित गरि नेपाली कांग्रेस मुगुले पार्टीभित्र रहेका सबै बिभागका संयोजक र सदस्य मनोनितमा पूर्णता दिइएको पार्टी सचिव लोकेन्द मल्लले जानकारी दिए ।

 

 

 

 

वि.सं.२०७८ चैत २२ मंगलवार १२:३१ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...