back
CTIZAN AD

चीनमा विवाहदर र जन्मदर ४ दशक यताकै कम, विज्ञहरुले जनाए चिन्ता

वि.सं.२०७८ चैत २२ मंगलवार

936 

shares

काठमाडौं । चीनमा विवाहको संख्या ३६ वर्षकै न्यूनमा झरेको छ । जसका कारण जनसांख्यिकीय संकट हुने खतरा देखिएको छ । यसले देशको जन्मदर घट्ने विज्ञहरू बताउँछन् । सन् २०२१ मा चीनभरि ७६.३० हजार जोडीहरूले विवाह गर्न दर्ता गरेका थिए, जुन सन् १९८६ पछि ३६ वर्षमा सबैभन्दा कम हो।

विवाह दर्ताको संख्या घटेको छ

जनसांख्यिकी विशेषज्ञ हे याफुले राज्य सञ्चालित ग्लोबल टाइम्सलाई भनेअनुसार विवाह दर्ताको संख्यामा कमीले अनिवार्यरूपमा चीनमा जन्मदरमा गिरावट ल्याउनेछ। यस वर्षको सुरुमा, राष्ट्रिय तथ्याङ्क ब्यूरो एनबीएसले गत वर्ष चीनको जनसङ्ख्या आधा मिलियनभन्दा कमले बढेको बताएको थियो। जन्मदर लगातार पाँचौं वर्ष घटेको छ । यसले जनसांख्यिकीय संकटको खतरा छ। भविष्यमा चीनको अर्थतन्त्रमा पनि नकारात्मक असर पर्न सक्छ ।

दुई सन्तान जन्माउन आव्हान

चीनले सन् २०१६ मा सबै दम्पतीलाई दुई सन्तान जन्माउन दिने दशकौं पुरानो एक सन्तान नीतिको अन्त्य गरेको थियो। नीति निर्माताहरूले यस नीतिलाई वर्तमान जनसांख्यिकीय संकटको श्रेय मानेका छन् । बेइजिङले गत वर्ष जनसांख्यिकीय संकटलाई कम गर्न चिनियाँ दम्पतीहरूलाई तीनवटासम्म बच्चा जन्माउन अनुमति दिने संशोधित जनसंख्या र परिवार नियोजन कानून पारित गरेको थियो। जससँगै अहिले सरकारले दुई सन्तान जन्माउन आव्हान नै गर्न थालेको छ ।

वि.सं.२०७८ चैत २२ मंगलवार १४:०७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...