back
CTIZAN AD

एउटा यस्तो विद्यालय जहाँ प्रत्येक दिन विद्यार्थीले अभिभावककै हातबाट बनेको खाजा खान पाउँछन्

वि.सं.२०७८ चैत २३ बुधवार

591 

shares

बलेवा । काठेखोला गाउँपालिका–७ रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि उनी सबै काम छाडेर विद्यालयमा खाजा बनाउन पुगे । विद्यालयको चेमनागृहमा दिनभर लगाएर खाजा बनाएपछि गुरुङको काम बालबालिकालाई खाजाको भाग लगाइदिने हो । प्राथमिक तहका सबै विद्यार्थीले खाजा खाइसकेपछि मात्र उनी घर  फर्किन्छीन् ।

रेश नुन्थला माध्यमिक विद्यालयमा गुरुङका दुई छोराछोरी अध्ययनरत छन् । गुरुङमात्रै होइन, उक्त विद्यालयमा प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थीका अभिभावकको पालो हरेक दुई महिनामा आउँछ । सरकारले उपलब्ध गराएको निःशुल्क खाजा कार्यक्रमअन्तर्गत रेश नुन्थला माविले अभिभावकले नै खाजा बनाएर खुवाउने कार्यक्रम बनाएको हो ।

विद्यालयले अभिभावककै सल्लाहमा बनाएको सो नियमले अहिले सबैलाई सजिलो भएको छ । “खाजा खर्च दिएर पठाउनुभन्दा यहीँ खाजा बनाएर खुवाउँदा केटाकेटी खुसी छन्, ताजा पनि हुन्छ”, गुरुङले भने, “दुई महिनामा एकपटक विद्यालय आउँदा यहाँको वातावरणबारे हामीलाई जानकारी हुन्छ, सरहरूलाई सल्लाह दिन पाइन्छ ।”

सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाउनकै लागि अनिवार्य खाजा बनाउने कार्यक्रम तयार गरिएको प्रधानाध्यापक ओमबहादुर थापाले बताए । “उनीहरु यहाँ आउँदा सरसल्लाह हुन्छ, आफ्ना बालबालिकाको पढाइ र विद्यालयबारे समेत थाहा पाउँछन्”, थापाले भने, “धेरै विद्यार्थी छन्, दुई महिनामा खाजा बनाउन पालो आउँछ ।”

सरकारले विद्यार्थीको खाजावापत दिने रकमबाट विद्यालयले सामग्री खरिद गर्छ । विद्यालयकै चमेनागृहमा खाजा बनाउनका लागि सबै सामग्री तयार पारिएको हुन्छ । कोदोको पिठो, सुजी, चना, अण्डा, रोटीलगायत खाजा बनाएर अभिभावकले विद्यार्थीलाई खुवाउँछन् । अभिभावकको पालो भने विद्यालयले तोक्छ ।

प्राथमिक तहमा ७० विद्यार्थी अध्ययनरत छन् । “विद्यालयका सूचना पु¥याउन होस् वा यहाँका शिक्षक कर्मचारीलाई जिम्मेवार बनाउन होस्, दिनदिनै अभिभावक उपस्थित हुँदा धेरै सहज हुन्छ”, थापा भन्छन्, “सामुदायिक विद्यालयको पढाइ र शिक्षक कर्मचारीको विषयमा अनावश्यक हुने टिकाटिप्पणीसमेत कम हुन्छन् ।” अभिभावकनै विद्यालयमा पुगेर खाजा खुवाउँदा विद्यार्थीले घरको वातावरण महसुस गर्ने गरेका उनले बताए ।

वि.सं.२०७८ चैत २३ बुधवार ११:११ मा प्रकाशित

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...