back
CTIZAN AD

चैतको वर्षाले वन क्षेत्रमा राहत

वि.सं.२०७८ चैत २३ बुधवार

678 

shares

महोत्तरी । महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए । जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । “डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उनले भने । वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो ।

पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन मद्दत गरेको छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । वर्षाबाट खेतीपाती गर्न राहत मिलेको छ । रुखिएको जग्गा खनजोत गर्न सहज भएको किसान बताउँछन् ।

 

वि.सं.२०७८ चैत २३ बुधवार ११:५० मा प्रकाशित

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...